१२० औं माओ जयन्तीमा प्रवचन कार्यक्रम

पोखरा, ११ पौष/चीनिया जनवादी क्रान्तिका नेता माओ–त्से–तुङ्को १२० औं जन्म जयन्तीमा बिहीबार पोखरामा एक प्रवचन कार्यक्रम सम्पन्न भएको छ । एकीकृत ने.क.पा. (माओवादी) कास्कीद्धारा पोखराको मुस्ताङ्चोकमा आयोजित प्रवचन कार्यक्रमलाई माओवादी केन्द्रीय सदस्य प्रकाश पोखरेलले सम्बोधन गरेका थिए । कार्यक्रममा नेता पोखरेलले भने –‘माक्र्सवाद विज्ञानको पनि विज्ञान हो, विज्ञानलाई प्रयोग गर्ने सन्दर्भमा माओले चीनिया भूमिमा यसको कुशल प्रयोग गरेको बताए ।

उनले चीनिया समाजको वर्ग विश्लेषण, जनयुद्धको सिद्धान्त, निरन्तर क्रान्तिको सिद्धान्त, एकको दुईमा विभाजन, महान सर्वहारा सांस्ृकतिक क्रान्तिको थालनी जस्ता विषयहरु माओका मौलिक देन भएको बताए ।

यसै गरि एकीकृत माओवादी कास्की कार्यालयका सचिव लालमोहन तिवारीले माओका योगदानको चर्चाभन्दा अनुशरण कम्युनिष्ट आन्दोलनमा आवश्यक रहेकोमा जोड दिए । उनले भने –‘माओका योगदानहरुको कोरा चर्चाको अर्थ छैन, अहिलेको आवश्यकता माओका योगदान र माओवादको अनुशरण भएको हो ।

कमेन्टहरु
Loading...