पोखरेली खेलाडीहरुको आशलाग्दो प्रदर्शन
पोखरा, १० पौष/कास्की जिल्ला टेनिस संघ र पस्र्याङ्ग टेनिस क्लवको संयुक्त आयोजनामा बुधबारदेखि पोखरामा १२ औ भेट्रान्स राष्ट्रिय टेनिस प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको पहिलो दिन ३५ वर्ष माथि एकलतर्फ १० तथा डबल्स तर्फ ६ खेलहरु सम्पन्न भएका छन् ।३५ वर्ष माथिको एकलतर्फ विरेन्द्र गहतराजले संजिभ श्रेष्ठलाई ६–३,७–५ ले, रोहित सुनवारले रामराजा कार्कीलाई ६–०,६–४ ले, धरमबहादुर लामिछानेले राजन विजुक्छेलाई ६–१,६–० ले, अनुज बाँस्तोलाले नारायण मानन्धरलाई ६–०,६–० ले तथा अशोक गुरुङ्गले गोपाल मानन्धरलाई ६–३,७–६ ले पराजित गर्दै दोश्रो चरणमा स्थान बनाए ।
त्यसैगरि त्रिभुवन विष्टले वाकओभर दिएपछि दिल गौतम तथा नविन चालिसेले वाकओभर दिएपछि प्रताप मोक्तान पनि दोश्रो चरणमा पुगे । सोहि इभेण्टका अन्य खेलहरुमा शसस्त्र प्रहरीका एसएसपी समेत रहेका दुर्गा कुँवरले सोनामलाई ६–०,६–० को सहज सेटमा पराजित गरे भने महेश श्रेष्ठलदे हरि सिग्देललाई ६–१, ६–० ले अमृत कार्कीले मदन थापालाई ७–५ र ६–३ ले, हर्क गुरुङ्गले रबिन्द्र मल्ललाई ६–२,६–० ले, मनोहर मुलले धरम कोइरालालाई ६–०,६–० ले तथा सुनिल श्रेष्ठले बच्चु गोपालबंशिलाई ६–२,६–४ ले पाखा लगाए ।
३५ वर्ष माथिको डबल्सतर्फ उपाधीको दावेदार मानिएको एसएसपी दुर्गा कुँवर र दोर्जे लामाको जोडिलाई मनोहर मुल र मदन थापाको जोडिले कडा चुनौती दिएका छन् । खराब प्रकाशका कारण रोकिएको खेलको पहिलो सेट कुँवर जोडिले ६–३ ले आफ्नों पोल्टामा पारेको थियो भने अर्को सेटमा मनोहर जोडि ४–३ ले अगाडी रहेका छन् । सोही इभेण्टका अन्य खेलहरुमा अनुज बाँस्तोला र निरज थापाको जोडिले संजिभ श्रेष्ठ र अशोक गुरुङ्गलाई ६–१,६–३ ले, राजु श्रेष्ठ र कमल भण्डारीको जोडिले अर्जुन गुरुङ्ग र अनिल सेन्चुरीको जोडिलाई ६–०,६–१ ले तथा कुमार गुरुङ्ग र भिम गुरुङ्गको जोडिले रोहित सुनुवार र सोनामको जोडिलाई ६–३,६–१ ले पराजित गर्दै दोश्रो चरणको बाटो खोलेका छन् ।
राजन पौडले र धरम कोइरालाको जोडि चन्द्र शाहि र गोपाल मानन्धरको जोडिसंग ६–०,६–२ ले पराजित भए । ४५ वर्ष माथिको एकल तर्फको खेलमा प्रताप मोक्तानले सूर्य शाहिलाई ६–१,६–० ले पराजित गरेका थिए । यसअघि नेपाली सेना, पश्चिम पृतनाका पृतनापति यज्ञविक्रम राणाले टुर्नामेण्ट डाइरेक्टर शरद लामालाई बल हस्तान्तरण गर्दै प्रतियोगिताको उद्घाटन गरेका थिए । कास्की जिल्ला टेनिस संघका अध्यक्ष विनोद कायस्थको सभापतित्वमा भएको उद्घाटन समारोहमा नेपाल टेनिस संघका अध्यक्ष मनोज शमशेर राणाले पनि टेनिसका बारेमा बोलेका थिए । पाँचदिन सम्म चल्ने प्रतियोगितामा काठमाण्डौ, बुटवल र पोखराका गरि ८० खेलाडीहरुको सहभागिता रहेको छ ।