पोखरा, १० पुस /पोखराको कुमुदिनीहोम्स् उच्च माविका पन्ध्र सदस्यीय क्रिकेट खेलाडीहरु जलेश्वरमा पुष १२ गतेदेखि १९ गतेसम्म हुने अन्तर विद्यालयस्तरीय क्रिकेट प्रतियोगिताको लागि कास्कीको प्रतिनिधित्व गर्दै त्यसतर्फ प्रस्थान गरेका छन् । नेपाल क्रिकेट संघको तत्वावधानमा शिक्षा तथा खेलकुद मन्त्रालयको आयोजनामा प्रतियोगिता आयोजना हुन लागेको हो ।
नेपाललाई क्रिकेट खेलमा नौ क्षेत्रमा विभाजन गरिएको छ।जसअन्र्तगतको क्षेत्र नं ८ मा कास्की सहित चितवन,तनहू र स्याङ्गजा जिल्लाहरु पर्दछन्।कुमुदिनीका विद्यार्थीहरुले क्षेत्र नं ८ को प्रतिनिधित्व गर्दै प्रतियोगितामा भाग लिनेछन्।प्रतियोगितामा सहभागि हुने खेलाडीसहित अफिसियललाई बुधबार कास्की जिल्ला क्रिकेट संघले विदाई गरेको छ ।
कार्यक्रममा क्षेत्रीय क्रिकेट विकास समिति क्षेत्र नं ८ पोखराका सदस्य तथा प्राविधिक निर्देशक देवी गुरुङ,समितिका सदस्य भोज गुरुङ तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अशोक पालिखेले खेलाडीहरुलाई विदाइ गरेका थिए। खेलाडीहरुमा रिजन गुरुङ, सचिन पौडेल, प्रदीप तिमिल्सिना, सन्दिप कोईराला, एविक शाक्य, सुमन घिमिरे, नविन पोखरेल, उत्सव पराजुली, विनोद पुन, रोहित बाटाजू, आसिक बाटाजू, पवन भण्डारी, दिपेश गुरुङ, विराट पराजुली र ईशान श्रेष्ठ रहेका छन् । अफिसियसलको रुपमा विजय राउत टिम कोचको रुपमा रहेका छन् ।