संसद पुनःस्थापनाका लागि लाखौं जनता सडकमा उतार्नुको अर्को विकल्प छैनः प्रचण्ड

पोखरा । नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले ततकालीन एमालेबाट माधव नेपाललाई सिध्याउने खेलमा लागेको आफूले थाहा पाएको बताएका छन् ।

काठमाडौंमा आयोजित आफू पक्षीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रचण्डले आफूले नेपालको विषयमा जानकारी पाएर मात्र नभएर पहिलेदेखि नै वैचारिक सम्बन्धले गर्दा अहिले संगै भएको उनले दावी गरेका हुन् ।

प्रधानमन्त्री ओलीले गोप्य बैठक बसेर प्रचण्डलाई अब सिध्याउनुपर्छ भन्ने हेतुले योजना बनाएको प्रचण्डको आरोप थियो । नेपालसंग अहिलेदेखिको समबन्धले मात्र एकै स्थानमा नभएको स्पष्ट पार्दै प्रचण्डले ४० वर्षदेखि आफूहरुको वैचारिक सम्बन्ध भएको उनले बताएका छन् । आफूहरुको यो लडाई ओलीविरुद्ध नभएर २१ औं शताब्दीको कम्युनिस्ट पार्टीलाई एक बनाउने भएको समेत उनले स्पष्ट पारे ।

कार्यक्रममा प्रचण्डले प्रधानमन्त्री ओलीले हरेक पटक आफूलाई पार्टीकै नेता कार्यकर्ताले काम गर्न नदिएको भन्दै आएकोमा काम गर्न नदिएको कुनै एउटा प्रमाण लिएर आउन समेत चुनौती दिएका छन् । पार्टीले भन्दा पनि ओली नै पार्टीको विधि तथा नियम विपरीत चलेको उनको आरोप रहेको थियो । उनले कार्यक्रममा संसद विघटन नभएको स्पष्ट पारेका छन् ।

‘केपी ओलीको सरकार विघटन भएको हो, संसद होइन ।’ उनले कार्यक्रममा भने । संसद पुनःस्थापनाका लागि लाखौं नागरिकलाई सडकमा उतार्नुको अर्को विकल्प नभएको उनले बताएका छन् ।

कमेन्टहरु
Loading...