चिप्लेढुङ्गा मिनी मार्केट व्यवस्थापन समितिद्धारा शैक्षिक सामाग्री वितरण

पोखरा, १० पौष/पुरुञ्चौर गा.वि.स. वडा नं. ३ स्थित शिवेश्वरी प्रा.वि. काउरेमा अध्ययनरत ५५ जना विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरिएको छ । पोखराको चिप्लेढुङ्गा स्थित मिनि मार्केट व्यवस्थापन समितिले सहयोग संकलन गरी सामाग्री वितरण गरेको हो ।

कार्यक्रममा विद्यालयमा अध्ययनरत नर्सरी देखि कक्षा ५ सम्मका विद्यार्थीहरुलाई जाडो समयका लागि स्वीटर, टोपी, मोजा, कपी, कलम, पेन्सील समेतका शैक्षिक सामाग्री वितरण गरिएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खिमलाल वास्तोलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहयोगी संस्थाका तर्फबाट उपाध्यक्ष ढाकामोहन वास्तोला (मुस्कान) सचिव ओमराज वास्तोला, सल्लाहकार उमेश अछामी, सदस्य विशाल श्रेष्ठले संयुक्त रुपमा हास्तान्तरण गरेका थिए ।

कार्यक्रममा वि.व्य.सं. सदस्य एक प्रसाद बास्तोला, संस्थाका सचिव ओमराज वास्तोला, उपाध्यक्ष ढाकामोहन बास्तोला, प्र.अ. उमेश पौडेल, शिक्षिका पार्वती बास्तोला लगायतले आफ्नो मन्तव्य राख्नु भएको थियो ।

कमेन्टहरु
Loading...