पोखरा । सञ्चारकर्मी उदयराज शर्माको गीतको भिडियो सार्वजनिक भएको छ ।
शर्माको ‘एकबारको जुनीमा’ बोलको गीतको भिडियो युट्युबमा सार्वजनिक भएको हो । विष्णु ठकुरीको छायांकन तथा रंग संयोजन रहेको उक्त गीतमा शर्मा तथा अनुमती नेपालीको अभिनय रहेको छ । गीतमा निर्देशन तथा सम्पादन समेत शर्माकै रहेको छ ।
कालिका पौडेलले प्रोड्युस गरेको गीतमा भिडियो छायांकनका लागि प्रयोग भएको ड्रोनमा गोविन्द घिमिरेले साथ दिएका छन् । गीतमा अरुण तिवारीको शब्द तथा दीपक शर्माको संगीत छ भने पुरुषोत्तम न्यौपानेले म्युजिक एरेन्ज तथा सागर सुब्बाले रेकर्ड गरेका हुन् ।