शिक्षक संघले थापालाई सम्मान

पोखरा, १० पौष/नेपाल शिक्षक संघ कास्कीले नव निर्वाचित सभासद् यज्ञ बहादुर थापालाई बधाई तथा सम्मान गरेको छ । संघले आयोजना गरेको कार्यक्रममा नेपाली काँग्रेस कास्कीका सभापति एवं नव निर्वाचित सभासद यज्ञ बहादुर थापालाई सम्मान गरेको हो ।

थापाले शिक्षक संघले खेलेको भूमिका को प्रशंसा गदै लोकतान्त्रिक आन्दोलनमा शिक्षक संघले गरेको योगदानको उच्च सम्मान गरेका थिए । कार्यक्रमलाई नेपाली काँग्रेस कास्कीका जिल्ला सदस्य गिरीराज गौतम, नेपाल विद्यार्थी संघका नेता भानु ढकाल शिक्षक संघ मनाङ्गका अध्यक्ष धन बहादुर गुरुङ्ग , शिक्षक संघ तनहुँका अध्यक्ष विजय पौडेल, जनप्रिय उच्च मा.वि का प्राचार्य नारायण पराजुली लगायतले शुभकामना दिएका थिए ।

कमेन्टहरु
Loading...