कोप्सको अन्तरक्रिया कार्यक्रम सम्पन्न

पोखरा । कोअपरेटिभ प्रेसिडेन्ट्स सोसाइटी (कोप्स)को एक दिने अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ ।

सहकारी संस्थाका अध्यक्ष एवं सञ्चालकहरुको साझा एवं छाता संगठन कोप्सले मंगलबार पोखरा स्थित साइमन पार्टी प्यालेसमा उक्त कार्यक्रम सम्पन्न गरेको हो ।

कोभिड–१९ का कारण मुलुकको सहकारी क्षेत्रमा परेको प्रभावलाई मध्यनजर गर्दै भावि दिनहरुमा संस्थाले अपनाउनुपर्ने साझा नितीका बारेमा नेतृत्वको भुमिका र दायित्व विषयमा छलफल गरिएको कोप्सका संस्थापक अध्यक्ष डिल्लीराम बरालले जानकारी दिए ।

जिल्ला सहकारी संघ कास्कीको ४७ औँ वार्षिक साधारण सभा तथा अधिवेशनका सन्दर्भमा सहकारीका सञ्चालकहरुको भुमिका र दायित्वका विषयमासमेत समिक्षा गरिएको बरालले बताए । कोप्सका महासचिव रामचन्द्र शर्माले सांगठनिक अवधारणासहितको भावि कार्यदिशा प्रस्तुत गरेका थिए ।

कार्यक्रममा जिल्ला सहकारी संघको साधारणसभामा कोप्सले आग्रह र पूर्वाग्रहबाट माथि उठी सक्षम, कुशल र दूरदर्शी नेतृत्व छनौटका लागि सामुहिक प्रयत्न गर्ने काम गर्न सक्ने नेतृत्व छनौट गर्ने निष्कर्ष निकालिएको थियो ।

जिल्ला सहकारी संघ कास्कीको पौष २९ देखि माघ ३ गतेसम्म सम्पन्न हुने अधिवेशनमा नेतृत्वका लागि वरिष्ठ उपाध्यक्ष बलराम गौतम, सावित्री कोइराला, धर्मराज अर्याल र संगिता गौतमले आपूmहरुले नेतृत्व पाउनुपर्ने दाबी गर्दै उम्मेद्वारी घोषणा गरेका थिए ।

कोप्सको आगामी फागुन २२ गते हुने अधिवेशन तयारीका लागि माघ १७ गते अन्तरक्रियात्मक कार्यक्रम आयोजना गरेको अध्यक्ष बरालले जानकारी दिए ।

उक्त कार्यक्रममा जिल्ला सहकारी संघ कास्कीका अध्यक्ष बलराम गौतम, उपाध्यक्ष सावित्री कोइराला, सञ्चालक धर्मराज अर्याल र संगिता गौतम तिमिल्सिना, कोप्सका सञ्चालक अल्कापुरी (साकोस) का अध्यक्ष ख्यामनारायाण पौडेल, कल्पवृक्ष सहकारी संस्था लि.का अध्यक्ष तुलसी पोखरेल, उद्यमी कृषि सहकारी संस्था लि.का अध्यक्ष पार्वती कुमारी शर्मा, समदर्शी महिला बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष मैनादेवी रावत, बंगलादी सहकारी संस्था लि.का अध्यक्ष विष्णुमाया सुवेदी, जयलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लि. का अध्यक्ष निलराज आत्रेय, समय बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष शिवप्रसाद झा, स्वाभिमान बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष कमल बहादुर रेग्मी, जय गणेश बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष सबिन जि.सी मन्तव्य राखेका थिए ।

यस्तै पोखरा महानगरपालिका सहकारी समितिका सदस्य एवं कार्यपालिका सदस्य सन्तु सुवेदी, सप्तरंगी बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष टिकाराम पौडेल, निलगिरी (साकोस)का अध्यक्ष लेखनाथ बराल, कोपिला बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष ठाकुर प्रसाद पोखरेल, सुरक्षा पालुवा बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष टुल्कनाथ आचार्य, चेतना (साकोस)का अध्यक्ष ज्ञानेन्द्रराज कोइराला लगायतले कोप्सले सहकारी क्षेत्रमा नेतृत्व विकासका लागि गरेका पहलहरुबारे मन्तव्य राखेका थिए ।

कोप्सका अध्यक्ष बरालको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन महासचिव शर्माले गरेका थिए ।

कमेन्टहरु
Loading...