सागर राज तिमिल्सिना
पोखरा, १० पुष/अगेंजी नयाँ बर्षको अवसरमा पुष १३ गतेदेखि पोखरामा सुरु हुने सडक महोत्सवको अबसरमा मुस्ताङको झल्को देख्न पाईने भएको छ । विश्वमै उत्कृष्ट पर्यटकीय गन्तव्यमा पर्न सफल मुस्ताङ जिल्लाको धार्मिक, सांस्कृतिक, जैविक, पर्यटकीय तथा प्राकृतिक अबस्थाको बारेमा खिचिएका फोटोहरु महोत्सवमा प्रर्दशनी गर्नाले मुस्ताङको झल्को दिने भएको कार्यक्रम संयोजक चन्द्रेश्वर बस्ताकोटीले बताए ।
फोटो पत्रकार महासंघ नेपालको आयोजना, महासंघ मुस्ताङको सक्रियता तथा महासंघ कास्कीको व्याबस्थापनमा पोखराको लेकसाईडमा ४ दिन सम्म प्रर्दशन हुने पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएको थियो । फोटो पत्रकार महासंघ मुस्ताङका अध्यक्ष चन्द्रेश्वर बास्ताकोटी लगायत अन्य पत्रकार एवं विभिन्न संघ संस्थाका प्रतिनिधिहरुले खिचेका ७५ वटा फोटो प्रर्दशनी गरीने भएको महासंघका केन्द्रीय उपाध्यक्ष त्रिभुवन पौडेलले बताए ।
पोखराको फोटो प्रर्दशनी पश्चात एक महिनाभित्र काठमाण्डौ र दुई महिना भित्रमा मुस्ताङमा समेत फोटोहरुको प्रर्दशनी हुने भएको पौडेलले जनाए । जिल्ला विकास समिति मुस्ताङ र टे«ेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल टान क्षेत्रिय कार्यालय पोखराको बिषेश सहयोगमा संचालन हुन लागेको कार्यक्रम एक कार्यक्रम सम्पन्न गर्न एक लाख २३ हजार खर्च लाग्ने भएको महासंघले जनाएको छ । मुस्ताङको फोटो प्रर्दशनीले मुस्ताङको ऐतिहासिक तथा जैविक विभिधता प्राकृतिक एवं गुफाहरु, पुरातात्विक महत्व बोकेका सम्पदाहरुको प्रचार प्रसार गर्दै संरक्षण तथा संम्बद्र्धन गर्न जोड दिने भएको संयोजक बस्ताकोटीले जानकारी दिए ।