तनहुँ संवादाता ।
दश हजार रुपैयाँ घुस रकमसहित महिला प्रहरी हवल्दार पक्राउ परेकी छिन् ।
इलाका प्रहरी कार्यालय बेलचौताराको महिला बालबालिका सेलमा काम गर्ने प्रहरी हवल्दार शान्ती भण्डारी दश हजार रुपैयाँ घुस लिदै गर्दा कार्यकक्षबाटै पक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराका सुचना अधिकारी मेघनाथ रिजालले जानकारी दिए ।
उनका अनुसार सवारी दुर्घटनामा प्रहरी कार्यालयमा नियन्त्रणमा रहेका एक जनालाई आफुले छुटाइदिने र त्यसका लागि रकम दिनुपर्ने सहमति भए अनुसार रकम लिदैं गर्दा अख्तियारको टोलीले भण्डारीलाई रंगेहात पक्राउ गरेको हो ।
उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा राखि थप अनुसन्धान भैरहेको अख्तियारले जनाएको छ ।
गत हप्ता पनि तनहुँको दमौलीमा सव इन्जिनियर एक लाख ५० हजार रुपैयाँ घुससहित पक्राउ परेका थिए ।