अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरूद्ध महाअभियोग दर्ता भएको छ ।
डेमोक्र्याटिक पार्टीले संसदको तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्समा दर्ता गरेको महाअभियोग प्रस्तावमा ट्रम्पमाथि गत बुधबार संसदमा आक्रमणलाई प्रोत्साहित गरेको आरोप लगाइएको छ।
सभामुख न्यान्सी पेलोसीले ट्रम्पका कारण अमेरिकी प्रजातन्त्र र संविधानमाथि तत्काल खतरा रहेको बताएकी छन्।
जनवरी २० मा नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले सत्ता लिने तयारी भइरहेका बेला ट्रम्पमाथि महाअभियोगको प्रस्ताव दर्ता भएको हो।