तनहुँ संवादाता ।
प्रथम ऋषिङ्ग म्याराथनको उपाधि जुम्लाको राजन रोकायले जितेका छन् ।
२ घण्टा ५१ मिनेट २६ सेकेन्डमा ४२ किलोमीटरको दुरी पार गर्दै रोकायले उपाधि हात पारेका हुन् ।
उपाधिसहित उनले ६५ हजार रुपैयाँ नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
त्यस्तै डोटीका नवराज साउदले २ घण्टा ५१ मिनेट ५० सेकेण्ड मा उक्त दुरी पार गर्दै द्धितिय र ३ घण्टा २ मिनेट ३५ सेकेन्डमा निर्धारित दुरी पार गर्दै सोलुखुम्वुका कुलुङ राई तृतीय भएका छन् ।
द्धितिय र तृतीय हुने प्रतियोगिले क्रमश: ४० हजार र २५ हजार रुपैयाँ नगदसहित मेडल र प्रमाणपत्र पाएका छन् ।
प्रथम र द्धितिय हुने धावक त्रिभुवन आर्मी क्लवका हुन् । प्रतियोगिहरुलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य शंकर भण्डारीले मेडल र ट्रफीसहित पुरस्कार प्रदान गरेका थिए ।
प्रतियोगितामा १०५ जना धावकहरुको सहभागिता रहेको थियो ।
ऋषिङ्गको पर्यटन प्रर्वद्धन गर्न गाउँपालिकाले प्रथम ऋषिङ्ग म्याराथन प्रतियोगिता संचालन गरेको गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले बताए ।
त्यस्तै प्रतियोगितामा देवराज महतरा, वेद वहादुर सुनार र धर्म महर्जनले सान्त्वना स्थान हासिल गरेका थिए ।