सकारात्मक सोच सम्बन्धित अनुशिक्षण कार्यक्रम

पोखरा ५ पुस/थकाली महिला समिती पोखराको आयोजनामा विहीबार पोखरामा सकारात्मक सोच सम्बन्धित अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ । थकाली सेवा समितिको कार्यालय नदीपुरमा भएको कार्यक्रममा स्रोत व्यक्ति सुलोचना सिग्देलले सहजीकरण गरेकी थिइन् । थकाली महिला समितीका अध्यक्ष सत्कुमारी शेरचनको अध्यक्षतामा भएको कार्यक्रममा सचिब साधना तुलाचन लगायले मन्तव्य राखेका थिए ।

कार्यक्रममा करिव १ सय ५० थकाली महिलाहरुको सहभागिता रहेको आयोजकले जनाएको छ । यसैगरी थकाली सेवा समितिले पुस ७ गते शनिबार खुल्ला रतmदान कार्यक्रम गर्ने थकाली सेवा समितिका अध्यक्ष अम्मर तुलाचनले जानकारी दिए । ‘रक्तदान जीवन दान थकाली सेवा समिति पोखराको आब्हान भन्ने नारा सहित हुने छ ।

कमेन्टहरु
Loading...