स्टेप वाई स्टेप मा व्याडमिन्टन प्रतियोगिता

पोखरा, १० पौष/स्टेप वाइ स्टेप उच्च मा.वि. मासवार पोखराले आफ्नो रजत वर्ष २०७० को उपलक्ष्यमा शिक्षकशिक्षिकाहरु विच व्याडमिन्टन प्रतियोगिता सम्पन्न गरेको छ । खेलमा महिला र पुरुष गरी २४ जना खेलाडीको सहभागिता रहेको थियो ।पुरुष र महिलाको छुट्टाछुट्टै रुपमा खेलाइएको उक्त खेलमा पुरुष तर्फ युवराज लामिछाने प्रथम, डक्टर थापा द्वितीय र सूर्य प्रसाद लम्साल तृतीय हुन सफल भएका थिए भने महिला तर्फ कल्पना तिमिल्सीना प्रथम, बिमला के.सि. द्वितीय र गीता लोबो तृतीय भएका थिए ।

कार्यक्रमका प्रमुख अतिथि भलिवल संघका राष्ट्रिय सचिव तथा भूतपूर्व राष्ट्रिय भलिवल खेलाडी रामनाथ भण्डारीले विद्यालयले रजत वर्ष मनाइरहेकोमा बधाई दिँदै शिक्षकशिक्षिकाहरुले पनि खेलप्रति रुची राखेकोमा धन्यवाद व्यक्त गर्नुभयो । रामनाथ भण्डारी र विद्यालयका संस्थापक निर्देशक रमाकान्त बरालको संयुक्त रुपमा व्याट र कक हस्तान्तरण गरी खेलको शुभारम्भ गरिएको थियो । युवराज लामिछानेको संयोजकत्वमा भएको उक्त खेलको रेफ्री कृष्ण लामाले गर्नुभएको थियो ।

कमेन्टहरु
Loading...