काठमाडौं । जनता समाजवादीका वरिष्ठ नेता राजेन्द्र महतोलाई आज कालो झण्डा देखाइएको छ । कालो झण्डा देखाउनुका साथै महतोविरुद्ध युवाहरुले सहीदको भावनासंग खेलवाड गर्न पाइँदैन, राजेन्द्र महतो मुर्दावाद लगायत नेता महतोलाई आफ्नै निर्वाचन क्षेत्र जनकपुरधाममा प्रतिनिधिसभा विघटन विरुद्धको कार्यक्रममा भाग लिन पुगेको समयमा युवाहरुले कालो झण्डा देखाएका हुन् ।
महतोले निर्वाचनभन्दा अगाडि सहीदका परिवारलाई ५० लाख दिने घोषणा गरेका थिए । सोही घोषणा पुरा नगरेको भन्दै नेता महतोलाई जनकपुरधामको भानु चोकमा कालो झण्डा देखाएका हुन् ।