बेगनासतालको अलैचेकुनामा भेटिएको शवको सनाखत हुन सकेन

पोखरा । पोखरा महानगरपालिका वडा नम्बर ३१ बेगनासतालको अलैचेकुनामा भेटिएको शवको पहिचान हुन नसकेपछि प्रहरीले तस्बिर सार्वजनिक गर्दै पहिचानका लागि आउन आग्रह गरेको छ । यही पुस २४ गते पोखरा ३१ बेगनासतालको अलैचेकुना भन्ने स्थानमा तालमा तैरिरहेको अवस्थामा अन्दाजी ३०/३५ वर्षीय १ जना पुरुषको शव भेटिएको थियो ।

पहिचान हुन नसकेको उक्त शव हाल पश्चिम क्षेत्रीय अस्पताल पोखरामा राखिएको छ । शवको पहिचान हुन नसकेको भन्दै प्रहरीले सनाखतका लागि आउन चिनेजानेका व्यक्ति वा आफन्तलाई आग्रह गरेको हो ।

कमेन्टहरु
Loading...