निर्वाचनमार्फत् जनतामाझ गएर केपी ओलीलाई कारवाही गर्ने हिम्मत गर्नुस्ः प्रधानमन्त्री

पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई काम गर्न दिने वातावरण सिर्जना गर्न नसकेको बताएका छन् । केही व्यक्तिको व्यक्तिको पद लोलुपले राष्ट्रिय राजनीतिलाई नै धरासायी बनाउन खोजिएको उनको आरोप थियो । आज राष्ट्रियसभामा बोल्दै उनले अलोकतान्त्रिक लेनदेनबाट देशको राजनीतिलाई फेरी ६÷६ महिनामा परिर्वतन गर्न खोजिएको उनको आरोप रहेको थियो । ५ वर्ष सरकार टिकोस् भन्ने हेतुले आफूले धेरै प्रयास गरेको भए पनि आफ्नै दलका नेता तथा कार्यकर्ताले त्यो नचाहेको उनको आरोप थियो ।

आफ्नो नेतृत्वको सरकारले मुलुकमा विकास निर्माणका कामहरु तीव्र गतिमा भइरहेको दावी गर्दै उनले सरकारले गरेका कामहरुलाई देखेर पनि नदेखेको जस्तै गरिएको उनले गुनासो गरे । आफूले भारतसंग साँचो मित्रता गाँस्न चाहने भएकाले भारतसंग कहिलेकाही मनमुटाव हुने गरेको उनको दावी थियो । ‘केही व्यक्तिले मलाई सोध्छन्, तपाई नेतृत्वमा हुँदा भारतसंगको सम्बन्धमा मनमुटाव किन हुन्छ भनेर ।’ उनले भने, ‘म भारतसंग सम्बन्ध राम्रो बनाउन चाहन्छु, त्यही भएर नै बहस तथा मनमुटाव हुन्छ ।’ आफूहरुले मित्रतापूर्ण तरिकाले सम्बन्ध अगाडि बढाएको र त्यो सफल भएको पनि प्रधानमन्त्री ओलीले दावी गरेका छन् ।

नेपालको भुभाग भारतबाट प्रमाण सहित फिर्ता ल्याउने उनले प्रतिबद्धता व्यक्त गरेका छन् । नेपालको वास्तविक भुभाग सामेल गरेर नक्सा प्रकाशित गर्दा कतिपयलाई समस्या तथा छटपटी भएको उनको भनाई थियो । आफूले जुनसुकै हिसाबमा प्रमाण तथा सबुत सहित नेपाली भुभाग फिर्ता ल्याउने उनले दावी गरेका हुन् । आफ्नो नेतृत्वको योभन्दा अगाडिको सरकारले उत्तरी नाका सहज बनाउँदा, संसद भवन निर्माण गर्छुभन्दा तथा लुम्बिनीमा ५ हजार जना अट्ने ध्यान भूमि बनाउँछु, भन्दा आत्तिएर केही व्यक्तिले सही गठबन्धन तोडेको उनको आरोप थियो । ‘देशले छलाङ मारेकाले गर्दा आपत् प¥यो र त्यो बेलाको सरकार ढालिएको थियो ।’ उनले भने, ‘के भनेर आलोचना गर्ने होला, उपलब्धीलाई के भनेर आझेलमा पार्ने होला भन्ने काममा इष्र्या र डाहले केही व्यक्ति लागे ।’

निर्वाचनबाट लडेर आएको प्रधानमन्त्रीलाई केही व्यक्तिले हट्नुपर्छ भनेर लागिपरेको उनको भनाई थियो । निर्वाचन हुनु र जनतामाझ जानु अस्थिरता नहुनु भएको उनले पुनः दोहो¥याएका छन् । ‘बाह्य शक्तिको इशारामा जब केही देशका शक्तिहरु गोटी बन्न थाल्छन् र निर्वाचित प्रधानमन्त्रीलाई काम गर्न दिइदैन, निरीह बन्न बाध्य बनाउँछ भने त्यो अस्थिरता हुन्छ ।’ उनले भने ।

केहीले केपी ओलीले अध्यक्ष छोडेको भए पनि हुने भन्ने गरेको बताउँदै उनले अध्यक्ष पद दान नभएको बताएका छन् । ‘यो दान हो र छोड्नलाई कमण्डलु थाप्ने बित्तिकै दिनलाई ? जनताले सुम्पिएको अभिभारा हो ।’ प्रधानमन्त्री ओलीले भने ।

प्रतिनिधिसभा विघटन गर्नु गैरजिम्मेवार नभएको उनको दावी थियो । जिम्मेवारीका साथ नै निर्वाचनमा जाने निर्णय गरेको बताएका छन् । केही व्यक्तिले निर्वाचन भन्ने बित्तिकै खुट्टा कमाउन थालेका उनले बताए । निर्वाचनमा गएर केपी ओलीलाई दण्डित गर्न आग्रह गरे । निर्वाचनमार्फत् जनतामाझ जानु कुनै पनि हालतमा गलत नभएको उनको दावी थियो ।

छिमेकी मुलुकहरुसंग भएको विवादलाई वार्ताका आधारमा समाधान गर्ने कार्य अहिले पनि भइरहेको प्रधानमन्त्री ओलीले बताए । नेपालका सबै नेतृत्वको सरकारभन्दा यो सरकारले विकास निर्माणका कामलाई तीव्रता दिइएको उनले बताएका छन् ।

संसद विघटन गर्न संविधानसम्मत् छ कि छैन भन्ने कुरा संविधान पढेरमात्र टिप्पणी गर्न उनले आग्रह गरेका छन् । केही वकिलले प्रधानन्याधीशले धम्कीपूर्ण भाषामा वर्तमान र भविष्य सम्झिएर निर्णय गर्नुस् भनेको उनले बताए । पत्रकार सम्मेलन गर्ने र वक्तव्यवाजी गर्नेले मात्र कानुन नपढेको उनले बताए । न्यायलयलाई केही व्यक्तिले दवावमा पार्न खोजिएको उनले आरोप लगाएका छन् । ‘म भन्छु, न्यायालयलाई दवावमा पार्न हुन्न ।’ उनले भने, ‘मेरो नेतृत्वको सरकारले न्यायलयलाई सम्मान गर्छ ।’

केही व्यक्तिले संसद पुनः स्थापना हुन्छ कि भन्ने हल्ला चलाइएको उनले बताए । २ तिहाई मत प्राप्त गरेर बनेको प्रधानमन्त्रीले विघटन गरिसकेपछि संसद पुनःस्थापना हुन नसक्ने उनले स्पष्ट पारेका छन् ।

मित्र राष्ट्रसंगको सम्बन्ध अगाडि बढिरहेको उनको भनाई थियो । चीन तथा भारतबाट आउने व्यक्तिहरुका विषयमा प्रश्न उठ्ने भन्दै प्रधानमन्त्री ओलीले छिमेकी राष्ट्रबाट भ्रमणमा आउने र शुभेच्छा व्यक्त गरेर जाने बताए ।

कमेन्टहरु
Loading...