पोखरा । दर्शन बचत तथा ऋण सहकारी सहकारीको १० औं साधारणसभा तथा चौथो अधिवेशनले विष्णु उच्चै ठकुरीको नेतृत्वमा नयाँ सञ्चालक समिति चुनेको छ । समितिको उपाध्यक्षमा राजाराम शाही, सचिव फम सिंह, कोषाध्यक्ष लक्ष्मण मल्ल, सह–सचिव ज्योती हमाल, चित्रबहादुर मल्ल, दिलकुमारी खाँण, आशा सेन, लक्ष्मी मल्ल, लक्ष्मी कुमारी खाँण, मैना सेन छन् ।
नवनिर्वाचित अध्यक्ष ठकुरीले निर्वाचन मण्डल र साथ सहयोग दिएका सम्पुर्ण सेयर सदस्यलाई धन्यवाद दिए । उनले सहकारीमा सेयर सदस्यको हितमा हुने हरेक निर्णय गर्न आफू तयार रहेको बताउँदै दर्शन सहकारीको गरिमा र उचाईलाई थप टेवा दिने बताएका छन् । आफूले आर्थिक पारदर्शितासँगै सामाजिक उत्तर दायित्वलाई पहिलो प्राथमिकतामा राख्ने उनको भनाई रहेको थियो ।
कार्यक्रममा कृषि भूमि तथा सहकारी मन्त्रालयका महाशाखा प्रमुख प्रेमप्रसाद ढकालले दर्शन बचत तथा ऋण सहकारीलाई नमुना सहकारी बन्न सुभकामना दिए । उनले भविष्यमा गरिने हरेक योजना सेयर सदस्यमैत्री बनाउन अनुरोध गर्दै मन्त्रालयबाट निर्देशित नीति र नियम पूर्णरुपमा पालना गर्न सुझाए ।
संस्थापक अध्यक्ष खिमबहादुर शाहीको अध्यक्षतामा भएको अधिवेशनमा सहकारीका सचिव राजाराम शाहीले सञ्चालन ठकुरीले स्वागत गरेका थिए । सभामा सहकारीका सल्लाहकार दुर्गा बहादुर शाह, ठकुरी संगम परिवार कास्कीका अध्क्ष फम बहादुर शाही, ठकुरी युवा परिवार कास्कीका अध्यक्ष रमेश हमाल लगायतले बोलेका थिए ।