काठमाडौं । प्रदेश नम्बर २ को तर्फबाट राष्ट्रियस्तरको यु–१९ क्रिकेट प्रतियोगिता खेलेका क्रिकेटर कुन्दन सिंहको आज निधन भएको छ ।
लामो समयदेखि दुवै मिर्गौला फेल भए पछि उपचार गराइरहेका महोत्तरीको जलेश्वर नगरपालिका फुलहट्टाका बासिन्दा २४ वर्षीय सिंहको आज बिहान निधन भएको जिल्ला क्रिकेट संघ धनुषाका उपाध्यक्ष शोभाकान्त पाण्डेयले जानकारी दिएका छन् ।
सिंहको मिर्गौला फेर्नुपर्ने चिकित्सकहरुले बताएका थिए । नियमित डायलासिस गराइरहेका सिंहले आर्थिक अभावका कारण मिर्गौला प्रत्यारोपण गर्न सकिरहेका थिएनन् । उपचारका लागि आर्थिक अभाव भए पछि सिहंका लागि जिल्ला क्रिकेट संघ धनुषाले अभियान नै चलाएको थियो । जनकपुरमा युवाहरुद्वारा चलाइएको ‘कुन्दन बचाउ अभियान’ बाट ७ लाख रुपैयाँ समेत संकलन भएको थियो ।
नेपाल क्रिकेट संघ क्यानले सिंहको निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ ।