प्रधानमन्त्री ओलीको सम्बोधन पश्चात् राष्ट्रियसभाको अधिवेशन अन्त्य हुने

काठमाडौं । राष्ट्रियसभाको अधिवेशन अन्त्य हुने भएको छ ।

आज बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक मन्त्रिपरिषद् बैठक आह्वान गरेका थिए । आकस्मिक बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री ओलीले आजको बैठकलाई सम्बोधन गरे पशचात् राष्ट्रियसभाको अधिवेशन अन्त्य गर्ने निर्णय गरेको हो ।

मन्त्रिपरिषदको बैठकमा आज राष्ट्रियसभा अधिवेशनको अन्त्य गर्ने निर्णयमात्र गरेको स्रोतले जानकारी दिएको छ ।

कमेन्टहरु
Loading...