पोखरा । कलाकारहरुको साझा घर राष्ट्रिय संगीतकर्मी संघ पोखरा नगर कमिटीको पहिलो अधिवेशन शनिबार सम्पन्न भएको छ । अधिवेशनले सुनिल गायकको नेतृत्वमा १५ सदस्य कमिटी चयन गरेको छ ।
कमिटीको प्र. उपाध्यक्षमा शाहिल गायक, द्दितिय उपध्यक्षमा टंक चापागाई, महिला उपाध्यक्षमा शान्ति बराल, महासचिवमा कुमार गौतम, सचिवमा उमेश अधिकारी, सहसचिवमा किरण अधिकारी, कोषाध्यक्षमा सविना क्षेत्री र सहकोषाध्यक्षमा तारा बास्तोला चयन भएका छन । त्यस्तै अन्य सदस्यमा बलराम अधिकारी, मोहन माल्बुल, प्रदिप ठकुरी, सुचेन्द्र परियार, रिता बराल र निश्चल श्री रहेका छन् ।
पत्रकार महासंघ केन्द्रीय सदस्य रामकृष्ण ज्ञवालीको प्रमुख आतिथ्यातामा भएको कार्यक्रममा राष्ट्रिय संगीतकर्मी संघ केन्द्रीय कमिटिका सहसचिव लोकराज सापकोटा र राष्ट्रिय संगीतकर्मी संघ गण्डकी प्रदेश कृष्णप्रसाद गौतम विशेष अतिथि रहेका थिए ।
उक्त अवसरमा निर्वाचन मण्डलको रुपमा कृष्णप्रसाद गौतम, सीता केसी र लोकनाथ सापकोटा रहेको अध्यक्ष सुनिल गायकले जानकारी दिएका छन् । राष्ट्रिय संगीतकर्मी संघ कास्की जिल्ला शाखा अध्यक्ष ऋषिराम दाहालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत राष्ट्रिय संगीतकर्मी संघ कास्की जिल्ला शाखा संगठन विभाग प्रमुख इश्वर भण्डारीले र सञ्चालन राष्ट्रिय संगीतकर्मी संघ कास्की जिल्ला शाखा सचिव सागर कार्कीले गरेका थिए ।