काठमाडौं, ९ पुस । नेपाली काँग्रेसका उपसभापति रामचन्द्र पौडेलले क्रिसमस पर्व २०७० का उपलक्ष्यमा सबैमा सुख, शान्ति र समृद्धिको लागि हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ ।उपसभापति पौडेलले आज एक शुभकामना विज्ञप्ति जारी गरी सबै धर्म, भाषा, संस्कृति, चाडपर्वको सम्मान र संरक्षण गर्नु हामी सबैको दायित्व हो भन्दै यसप्रकारका चाडपर्वले आपसमा सदभाव, सहिष्णुता र भातृत्वको विकास गरी राष्टसामु आईपरेका चुनौतिलाई समाधान गर्न योगदान पुरयाउने विश्वास व्यक्त गर्नुभएको छ ।
व्यापक जनसहभागितामा ऐतिहासीक रुपमा सम्पन्न संविधानसभा निर्वाचनबाट प्राप्त ताजा जनादेश मुताविक दलहरुको वृहत्तर सहमतिमा सरकार तथा संविधानसभाको गठन गरी संघीय लोकतान्त्रिक गणतान्त्रिक नेपालको संविधान निर्माण गर्ने युगीन र गुरुत्तर दायित्वलाई निर्वाह गर्न हामी सबै एकजुट भएर अघि बढ्न र समृद्ध नयाँ नेपाल निर्माण गर्ने अभियानमा जुटन पनि यसप्रकारका अवसरले उत्साह, उमङग र प्रेरणा दिने पनि उपसभापति पौडेलले विश्वास व्यक्त गर्नुभएको छ ।