सुमन थापामगर
पोखरा । महाधिवेशन प्रतिनिधि किशोरदत्त बरालले गलत राजनीतिक पार्टीलाई सत्तामा पु¥याएकोमा पछुतो लागेको बताएका छन् ।
नेपाली कांग्रेसले पोखरामा आयोजना गरेको विरोध कार्यक्रममा बोल्दै उनले बहुमतका आधारमा सरकार निर्माण भए पनि कम्युनिस्ट सरकारले जनताको भवनालाई कुल्चिएको आरोप लगाएका छन् ।
केही व्यक्तिहरुले कांग्रेसले सत्ताका लागि सडक आन्दोलन गरेको भन्ने आरोप लगाएको भए पनि सत्ता तथा पदका लागि नभएर जनताको हक अधिकार सुरक्षित बनाउन सडक आन्दोलनमा उत्रिएको उनले स्पष्ट पारेका छन् ।
सडक आन्दोलनले मात्रै देशको समृद्धि नहुने विषयमा कांग्रेस सचेत रहेको उनको भनाई थियो । कांग्रेसको पहिलो प्राथमिकता लोकतन्त्रको रक्षा गरेर जनताको भावनालाई सम्मान गर्ने भएको उनको दावी थियो ।