पोखरा ।पोखरा उद्योग वाणिज्य संघको निर्वाचनमा मतदान सुरु भएको छ । गन्थन सहकर्मी सौगात पोखरेलका अनुसार निर्वाचनमा अहिले विहानको अवस्थामा मतदाताहरु कम तथा प्रचारकहरुको संख्या बढी देखिएको छ । निर्वाचनस्थलमा घाँटी–घाँटीमा प्रचार सामाग्री लगाएर हिंड्नेहरु संख्या बढी देखिएका छन् । मतदाताको उपस्थिति कम देखिएको सहकर्मी पोखरेलले निर्वाचनस्थलबाट जानकारी दिएका छन् ।
