लिभरपुल एफए कप फुटबलको चौथो चरणमा प्रवेश गरेको छ ।
शुक्रबार राति भएको एस्टन भिल्लालाइ ४–१ ले पराजित गरेपछि लिभरपुलले अघिल्लो चरणको यात्रा तय गरेको हो ।
लिभरपुलले पहिलो हाफमा एक तथा दोस्रो हाफमा तीन गोल गरेको हो । जर्जिनिओ विनाल्डमले ६० औँ , मोहम्मद सालहले ६५ औँ मिनेटमा र साडिओ मानेले चौथो र ६३ औँ मिनेटमा गोल गरे ।
एस्टन भिल्लाका लुई ब्यारीले ४१ औँ मिनेटमा एक गोल फर्काएका थिए ।