पिसटाउनको स्थापना दिवसमा न्यानो कपड़ा वितरण

पोखरा । लायन्स क्लब अफ़ पोखरा पिस टाउनले आफ्नो आठौं वार्षिक स्थापना दिवसको अवसरमा विद्यार्थीहरुलाई न्यानो कपडा तथा स्टेशनरी सामाग्री प्रदान गरेको छ ।

क्लबले आफ्नो स्थापना दिवसको अवसरमा पोखरा महानगरपालिका-१० रामबजार स्थित श्री कालिका माध्यमिक विद्यालयका प्रा बि तहमा रहेका विपन्न बालबालिकाहरुलाई स्वीटर, स्टेशनरी सामग्री र खाजा वितरण गरेको हो ।

सो अवसरमा क्लस्टर चिफ शारदा शर्माले आजै परेको आफ़नो जन्मदिनको अवसरमा क्लबले संचालन गरेको अभियानमा थप हौंसला मिलोस भनि दुई हज़ार रूपैया क्लबका अध्यक्ष सरला तिमिल्सिनालाई हस्तान्तरण गरेका थिए ।

महिलाहरु मात्र रहेको क्लब पोखरा पिस टाउनले उक्त विद्यालयमा अध्ययनरत केहि बालबालिकाहरुको लागि आवश्यक पठनपाठनका सामग्री सहयोग स्वरूप उपलब्ध गराउदै आएको छ ।

क्लबका अध्यक्ष सरला तिमिल्सिनाको अध्यक्षता तथा सचिव सृजना अधिकारीको संचालनमा सम्पन्न भएको कार्यक्रममा बोल्दै लायन्स डिष्ट्रिक्ट ३२५ बी१ नेपालका डिष्ट्रिक्ट को-चिफ एडभाईजर बिनोद ढुङगानाले लायन्सले विद्यार्थीहरुलाई पुर्याएको सहयोगको प्रशंसा गरेका थिए।

उनले महानगरपालिका भित्रै रहेर पनि कम सुविधा प्राप्त बिध्यार्थी छनोट गरी क्लबले पुर्र्याउंदै आएको सहयोग प्रशंसनिय रहेको भन्दै सहयोगलाई निरन्तरता दिन आग्रह समेत गरे ।

कार्यक्रममा कालिका मावीका प्राचार्य बलराम गिरी, डिष्ट्रिक्ट सिनियर एडभाईज़र सुदीपराज ढुङगाना, क्लस्टर चिफ शारदा शर्मा, डिष्ट्रिक्ट एडभाईजर टंकराज अधिकारी, रिजन चेयरपर्सन अमृतप्रसाद तिवारी, जोन चेयरपर्सन हिरा भट्टराई, लायन्स क्लब अफ पोखरा पिस सिटीका अध्यक्ष रामप्रसाद अधिकारी, क्लबका प्रथम उपाध्यक्ष शोभा अधिकारी लगाएतले मन्तव्य राखेका थिए ।

क्लबमा आवद्ध सदस्यहरुबाट रकम संकलन गरी विद्यालयमा अध्ययन गर्ने कम आय श्रोत भएका छात्रछात्रालाई स्वीटर र स्टेशनरी सामाग्रीहरु प्रदान गरिएको क्लबका पूर्व अध्यक्ष एवं डिष्ट्रिक्ट पिआरओ सबिता बरालले जानकारी गराएकी थिइन् ।

कमेन्टहरु
Loading...