सुमन थापामगर
पोखरा । नेपाल कम्युनिस्ट पार्टी नेकपा ओली पक्षका नेता लेखराज भट्टले प्रधानमन्त्री केपी शर्मा ओलीलाई घात गरेर आफ्नै पार्टीका नेताहरुले छापामार शैलीमा अविश्वासको प्रस्ताव दर्ता गर्न खोजिएपछि बाध्य भएर प्रतिनिधिसभा विघटन गर्न बाध्य भएको बताएका छन् । आज घनगढीमा भएको कार्यक्रममा सम्बोधन गर्दै उनले प्रधानमन्त्री ओलीलाई प्रतिनिधिसभा विघटन गर्न बाध्य पारिएको बताएका हुन् ।
सुदुरपश्चिमबाट परिर्वतनका लागि युद्ध लडेको भए पनि प्रचण्डले उनीहरुलाई नसम्झिएको उनको आरोप थियो । ‘सुदुरपश्चिमबाट परिर्वतनका लागि धेरै युवाहरुले रगत बगाएका छन्, तर प्रचण्डले उनीहरुलाई कहिले पनि सम्झिएनन् ।’ उनले प्रश्न गर्दै भने, ‘युद्धमा बलिदान दिएकाहरु अहिले भारतको गल्ली–गल्लीमा भड्किरहेका छन्, कहिले सम्झिनुभएको छ ?’ नेकपाको कार्यकारी अध्यक्षका हिसाबले प्रचण्डलाई पार्टी महाधिवेशनका लागि जुट्न भनिएको अवस्थामा समेत उनले पार्टीलाई फुटतर्फ उक्साएको उनको आरोप छ ।
इतिहासलाई हर्दा सुदुरपश्चिमबाट नै राजनीतिक इतिहास सुरु भएको बताउँदै नेता भट्टले देशलाई अस्थिरता तर्फ धेकेल्ने प्रवित्तिलाई अन्त्य गर्न यही स्थानबाट आन्दोलन सुरु भएको बताएका छन् ।