पोखरा १२ की महिलाको कोरोना संक्रमणबाट निधन

पोखरा । पोखरामा कोरोना भाइरस संक्रमणबाट थप १ जनाको ज्यान गएको छ । स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले दिएको जानकारी अनुसार पोखरामा थप १ जनाको कोरोना भाइरस संक्रमणबाट ज्यान गएको हो ।

ज्यान गुमाउनेमा पोखरा १२ की ६२ वर्षीय महिला रहेकी छिन् । उनको बिहीबार राति ११ बजेर ४७ मिनेट जाँदा उपचारका क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ज्यान गएको हो । उनलाई पुस ९ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।

यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या १ सय ९५ पुगेको छ ।

कमेन्टहरु
Loading...