प्रधानमन्त्री केपी शर्मा ओलीले आज नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सुदूरपश्चिम प्रदेश कमिटीको आयोजनामा हुने जनसभालाई सम्बोधन गर्न धनगढी जाँदै छन् ।
संसद विघटनपछि काठमाडौं बाहिर निस्किएका ओलीको भ्रमणलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा पारिएको छ ।
उनले पार्टीको संस्थापन र आधिकारिक पक्ष आफूहरू रहेको सन्देश दिनेछन् ।
करिव ५० हजार कार्यकर्ता उतार्ने तयारीका साथ उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरी, वन तथा वातावरणमन्त्री प्रेम आले र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गणेशसिंह ठगुन्ना धनगढीमा छन् ।