ट्रम्पलाई तत्काल राष्ट्रपतिबाट हटाउन माग

समर्थकले संसदमा हमला गरेपछि दुवै सदनका विपक्षीहरूले डोनाल्ड ट्रम्पलाई अमेरिकी राष्ट्रपति पदबाट हटाउन माग गरेका छन्।

जिम्मेवारीबाट नहटाइए उनीमाथि महाअभियोग लगाउन सकिने चेतावनी सभामुख न्यान्सी पेलोसीले दिएकी छन् ।

हटाउनुपर्ने माग गर्नेमा डेमोक्र्याटिक पार्टीका सांसदहरू धेरै रहेका छन्।

अमेरिकी संसद् भवनमा दुई शताब्दीपछि पहिलो पटक हमला भएको हो ।  सन् १८१२ को युद्धपछिको पहिलो भएको बीबीसीले जनाएको छ ।

 

कमेन्टहरु
Loading...