माघदेखि पोखरामा हरियो रंगका बस संचालनमा आउने

दिननाथ बराल
पोखरा, ९ पौष /पोखरा वस व्याबसायी समितिले पोखरामा आउदो माघ महिनाको पहिलो सातादेखि हरियो रंगका नयाँ मोडलका बसहरु संचालनमा ल्याउने भएको छ । समितिले ११÷१२ बर्ष पुराना वस विस्थापन गरी युरो–थ्री मापदण्डका बसहरु माघको पहािले सातबाटदेखि संचालनमा ल्याएने भएको समितिका अध्यक्ष देउप्रसाद गुरुङले बताए । पर्यटकीय नगरी पोखरामा प्रदुषण कम गराउन पनि समितिले सन २००१÷२००२ मा पोखरामा संचालनमा आएका १६ वटा वसलाई विस्थापन गरी सोहि ठाँउमा नयाँ मोडलको युरो–थ्री मापदण्डका साझा वसको अवधारणामा बसहरु निमार्ण भईरहेको समितिले जनाएको छ ।

grean bus pokharacity२५ फिटे लामो वसको निमार्ण तथा रंगरोगन कार्य पोखराको औधोगीक क्ष्ोत्रमा भईरहेको अध्यक्ष गुरुङले जनाए । पुराना माईक्रोवस विस्थापन गरी नयाँ वस राख्दा व्यावसायीहरुले प्रति वसमा अप्रत्यक्ष रुपमा ५० लाख लगानी गर्नु पर्दछ भने नयाँ वस लगानी गर्न उनीहरुले ३२ लाख जुटाउनु पर्ने भएको व्यावसायीहरु बताउछन । नेपाल सरकारले २० बर्ष पुराना वसहरु शहर क्षेत्रबाट विस्थापन गर्नुपर्ने प्राव्धान ल्याए पनि पोखराको हकमा यातयात व्याबस्था कार्यालय गण्डकी अञ्चल पोखराका प्रमुखको संयोजकत्वमा गठित अध्यय अनुगमन टोली १५ बर्ष पछि पुराना सवारी साधनहरुलाई विस्थापन गर्ने निर्णय गरेको छ ।

पोखरामा वातावरण मैत्रि कायम गर्ने उद्धेश्यले आफुहरुले जोखिम मोलेर पनि म्याद हँुदा हुदै पोखरामा प्रदुषण कम गराउन नयाँ बस राख्न लागेको गुरुङले बताए । १६ वटा नयाँ वस थपिदा पोखरामा ५ करोड बढी बसमा लगानी थपिएको छ । ३० भन्दा माथि सिट क्षेमता भएका बसहरु पोखरामा संचालनमा आउने तयारी भएको समितिका सल्लाहकार बसन्त प्रधानले बताए । उक्त बस स्वचालिक ढोका (हाईडोलिक) जि.पि.आर.एस. र सीसी टिभि क्यामारा जडित भएकोले बसमा हुने लुटपाट तथा अपराधिक घटनालाई समेत न्युनिकरण गर्न सकिने प्रधानले जनाए ।

निरन्तर संचालन हुने उक्त बस चालक तथा सहचालकमा बोलीमा स्तरीयता तथा पोखरामा वातावरण प्रदुषण तथा धुवा प्रदुषणबाट जोगाउने अभियान अन्र्तगत हरियो रंगको बसहरु नै प्रयोगमा ल्याउन लागेको सल्लाहकार प्रधानले बताए । समितिका एक महिला व्यवसायी कुसुम गुरुङले विगत ९ बर्षदेखि समितिमा आबद्ध भएर बस संचालनमा ल्याए पनि नयाँ मोडलको बसमा केहि लगानी गर्नुपरे पनि सेवा तथा वातावरणका दृष्टिले उचित भएकोमा खुसि व्यक्त गरीन । अर्को एक व्यावसायी महेन्द्र खड्काले ८ बर्षदेखि वस व्यावसाय संचालन गर्दै आए पनि समय अनुकुल पोखराको वातावरण संरक्षणको लागि समिसितको अभियानमा आफुहरुले साथ दिदै आएको बताए ।

उनले भने “पोखरालाई बचाउन पनि हामीले लगानी गरेका हौ ।” पुराना बसहरुमा १८÷१९ लाख परेकोमा हाल आफुहरुले ४० लाख माथि लगानी गर्नु परेको खड्काले बताए । नेपालीहरुको महान पर्व विजया दशमी पर्वको अवसरमा पोखरामा उक्त नयाँ मोडलका वसहरु संचालनमा ल्याउने तयारी गरे पनि प्राविधिक कारण वश बसहरु निर्माण हुन ढिलाई भएकोले माघ महिनाको पहिलो सातादेखि संचालनमा आउने भएको समितिका बरिष्ठ उपाध्यक्ष चिजकाजी गुरुङले बताए । उनले पोखरालाई यातयात क्षेत्रबाट उदाहरणीय शहरको रुपमा विकास गर्ने लक्ष्य अनुरुप नयाँ बसहरु संचालनमा ल्याउन लागेको बताए । उक्त वस संचालन गर्दा वसका मजदुरहरुलाई दुई हप्तासम्म तालिम दिएर वस संचालन गर्ने बरिष्ठ उपाध्यक्ष गुरुङले बताए । उनले दुई ढोका रहेने उक्त वसमा एकातर्फबाट चढ्ने अर्को ढोकाबाट झर्ने र निस्चित ठाँउमा मात्र सो वस राक्ने व्याबस्था मिलाउने तयारी भई रहेको बताए ।

कमेन्टहरु
Loading...