काठमाडौं । अमेरिकी संसदमा भएको हिंसक प्रदर्शन प्रति राष्ट्रियसभा सदस्य कोमल ओलीले गरेकी छिन् । बिहिबार भएको राष्ट्रिय सभा बैठकको शून्य समयमा बोल्दै कोमल ओलीले अमेरिकी संसदमाथि भएको आक्रमणको विरोध गरेकी हुन् ।
सांसद ओलीले चारजनाको ज्यान जानेगरी वासिङ्टन डिसीमा भएको दंगा र हिंसाले संसदीय व्यवस्थालाई सर्वोपरी ठान्ने सबै देशलाई थप चुनौती र चिन्तित बनाइदिएको बताईन् ।
अमेरिकी संसदमा भएको घटनाले विश्वमै प्रजातन्त्रमाथि खतरा उत्पन्न गराएको सांसद ओलीको तर्क छ । सत्ताको शान्तिपूर्ण हस्तान्तरणलाई गैह्रकानुनी विरोधले लोकतान्त्रिक प्रक्रियामा चुनौती खडा भएको उनको भनाइ छ ।