काठमाडौं । काठमाडौंमा नेकपाको प्रचण्ड– माधव समूह (दाने) ले गरेको विरोध कार्यक्रममा राष्ट्रपतिविरुद्ध नाराबाजी भएकोमा राष्ट्रियसभा सांसद विमला राई पौड्यालले आपत्ति जनाएकी छिन् । उनले राजनीतिक दलको आन्दोलनमा राष्ट्रपतिको यौनिकताको विषय उठाइएको भन्दै आपत्ति जनाएकी हुन् ।
दाने समूहको प्रदर्शनको क्रममा राष्ट्रपतिको यौनिकतामाथि हमला भएको भन्दै उनले भनिन्, ‘त्यहाँ जुन किसिमको नाराहरु लागे । यदि पुरुष राष्ट्रपति भएको भए र त्यही काम गरेको भए यस्तो नारा लाग्दैनथ्यो ।’
त्यसरी ३(३ जना पूर्वप्रधानमन्त्री समेत सहभागी रहेको कार्यक्रममा राष्ट्रपतिको यौनिकताको विषयमा नाराबाजी हुनु लज्जास्पद र आपत्तिजनक रहेको उनले बताईन् । उनले उक्त घटनाप्रति माफी माग्न आग्रह समेत गरेकीछिन् । उनले प्रश्न गरेकी छिन्,‘ यदि त्यस्तो नारा लगाउने मान्छे राजनीतिक मान्छे हो भने सार्वजनिक रुपमा माफी माग्ने कि नमाग्ने ?’
राष्ट्रपतिको यौनिकताको विषयमा नाराबाजी गर्नेविरुद्ध प्रहरीमा उजुरी दिएको र भेला आयोजना गर्नेविरुद्ध पनि मुद्धा हाल्ने तयारी भएको उनले बताएकि छिन् ।