१२ औ पस्र्याङ्ग भेट्रान्स राष्ट्रिय टेनिस प्रतियोगिता बुधबारदेखि

पाँच इभेण्टमा ८० खेलाडी भिड्ने
पोखरा, ९ पौष/पस्र्याङ्ग टेनिस क्लव र कास्की जिल्ला टेनिस संघको संयुक्त आयोजनामा बुधबारदेखि पोखराको पस्र्याङ्गमा १२ औ संस्करणको राष्ट्रिय भेट्रान्स टेनिस प्रतियोगिता शुरु हुदैछ । प्रतियोगिताका लागि आवश्य सम्पूर्ण तयारी पुरा भएको मंगलबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा कास्की जिल्ला टेनिस संघका अध्यक्ष विनोद कायस्थले जानकारी दिए । प्रतियोगिताका विभिन्न इभेण्टहरुमा ८० जना खेलाडीहरुको सहभागिता रहने कायस्थले जानकारी दिए ।

गत वर्षको प्रतियोगितामा कूल ६२ जना खेलाडीहरुले भाग लिएका थिए । पौष १४ गते सम्म चल्ने पाँच दिने प्रतियोगितामा ३५,४५, ५०, ५५ र ६० वर्ष माथि एकल तथा डबल्सका इभेण्टहरुमा प्रतिस्पर्धा हुने कायस्थले बताए । वल्र्ड लिंक, पोखरा र एसओएस मेनपावर सर्भिसेज मुख्य प्रायोजक रहेको प्रतियोगिता सम्पन्न गर्न झण्डै ५ लाख खर्च लाग्ने आयोजकको अनुमान रहेको छ ।

३५ वर्ष माथि एकलतर्फको विजेताले नगद १५ हजार तथा उप–विजेताले नगद ७ हजार ५ सय रुपैयाँका साथमा ट्रफि पुरस्कार प्राप्त गर्नेछन् । त्यसैगरि सोहि वर्ष समुहमा डबल्सका विजेताले नगद १० हजार र उप–विजेताले ५ हजार साथमा ट्रफि पुरस्कार प्राप्त गर्नेछन् । अन्य इभेण्टका विजेता तथा उप– विजेताहरुले ट्रफि पुरस्कार प्राप्त गर्नेछन् । टुर्नामेण्ट डाइरेक्टरमा शरद लामा, काठमाण्डौ र निरज थापा, पोखरा रहेका छन् ।

गतवर्ष एकलमा ३५ वर्ष माथि महेश श्रेष्ठ, ४५ वर्षमाथि प्रताप मोक्तान तथा ५० वर्षमाथिको इभेण्टमा करिम मुल्ला मुस्लिम विजयी भएका थिए । त्यस्तै, ३५ वर्ष माथिको डबल्समा धरमसिंह लामिछाने र राजु गुरुङ्गको पोखरेली जोडि च्याम्पियन बनेको थियो भने ४५ वर्ष माथिको डबल्समा चन्द्र शाहि र कर्मा घलेको जोडिले ट्रफि चुमेको थियो । गतवर्षका च्याम्पियनहरु यसपटकपनि पोखरा आउने कायस्थले जानकारी दिए । पोखराबाट अनिल तुलाचन, दुर्गा कुँवर, दोर्जे लामा, राजु गुरुङ्ग, धरमसिंह लामिछाने, विकाश गुरुङ्ग लगाएतका खेलाडीहरुबाट ट्रफिको आशा गर्न सकिने पनि उनले बताए ।

कमेन्टहरु
Loading...