राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकले अमेरिकी संसद भवनमा आक्रमण गरेका छन् ।
राष्ट्रपति निर्वाचनमा डेमोक्र्याटिक पार्टीका उम्मेद्वार जो बाइडेन विजयी भएको घोषणा गर्न छलफल भइरहेका बेला ट्रम्प समर्थकहरू संसद भवनभित्र छिरेर झ्यालढोकामा तोडफोड गरेका थिए।
भीड अनियन्त्रित हुँदै गएपछि उपराष्ट्रपति माइक पेन्स र सभामुख न्यान्सी पेलोसीलाई सुरक्षाकर्मीले सुरक्षित स्थानतर्फ लगेको छ ।
प्रहरीले भीडलाई नियन्त्रणमा लिन गोली चलाएको थियो । घटनामा एक महिलाको मृत्यु भएको सार्वजनिक भए पनि पुष्टि हुन बाँकी छ ।
वासिङ्टनका मेयर मुरियल बोउसरले सहरमा १२ घन्टा लागि कर्फ्यू आदेश जारी गरेका छन्।