गलत गर्नेलाई परास्त गर्नुपर्छ ः मन्त्री भट्ट

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले पार्टीमा गलत प्रवृत्ति देखाउनेलाई परास्त गर्नमा एकजुट हुन नेकपाका नेता कार्यकर्तालाई आग्रह गरेका छन् ।

धनगढीमा आज आयोजित नेपाल कम्युनिष्ट पार्टी९नेकपा०को सुदूरपश्चिम प्रदेश कमिटीको चौथो बैठकलाई सम्बोधन गर्दै सो पार्टीका प्रदेश संयोजकसमेत रहनुभएका मन्त्री भट्टले अब आफूहरु जनताको विश्वास जित्ने युद्धमा लागेको बताए।

उनले भने, “अब जनताको विश्वास हार्ने छुट कसैलाई छैन ।”

बैठकमा वन तथा वातावरणमन्त्री प्रेमबहादुर आले, नेकपा प्रदेश अध्यक्ष कर्णबहादुर थापालगायतले पनि बोलेका थिए ।

बैठकले नेकपा दाहाल– नेपाल पक्षका सुदूरपश्चिम प्रदेश इञ्चार्ज भीमबहादुर रावलसहितका पदाधिकारीले पार्टीको आचरणविरुद्ध काम गरेको भन्दै उहाँहरुलाई पदबाट हटाउन सिफारिश गर्नेलगायत निर्णय गरेको प्रदेश अध्यक्ष थापाले बताए ।

कमेन्टहरु
Loading...