नेपालमा थप ४ सय ९ जनालाई कोरोना पुष्टि

पोखरा । नेपालमा थप ४ सय ९ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार नेपालमा ४ सय ९ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा गरिएको पिसिआर परीक्षणका क्रममा कोरोना पोजेटिभ रिर्पोट आएकामध्ये १ सय ४४ जना जना महिला तथा २ सय ६५ जना पुरुष रहेका छन् ।

यससंगै नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या २ लाख ६३ हजार १ सय ९३ पुगेको छ । हाल नेपालमा ५ हजार २ सय २५ जना सक्रिय कोरोना भाइरस संक्रमित रहेका छन् ।

यस्तै पछिल्लो २४ घण्टाको अवधिमा नेपालमा थप ६ हजार ७ सय ६ जनाको पिसिआर परीक्षण गरिएको छ । यो अवधिमा नेपालमा थप ४ सय ९५ जना कोरोना भाइरस संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् ।

यससंगै नेपालमा कोरोना भाइरस संक्रमणमुक्त हुनेको कुल संख्या २ लाख ५६ हजार १ सय ६१ पुगेको छ ।

मन्त्रालयका अनुसार नेपालमा थप ६ जनाले कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाएका छन् । यससंगै नेपालमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या १ हजार ८ सय ९९ जना पुगेको छ ।

हाल नेपालमा १ हजार ६ सय ८ जना कोरोना भाइरस संक्रमितहरु होम आइसोलेसनमा रहेका छन् । त्यस्तै १ सय ९७ जना कोरोना भाइरस संक्रमितको आइसियुमा उपचार भइरहेको मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार नेपालमा ३० जना कोरोना भाइरस संक्रमित भेन्टिलेटरमा उपचाररत रहेका छन् ।

काठमाडौं मात्र नेपालमा ५ सयभन्दा बढी उपचारार्थ कोरोना भाइरस संक्रमितहरु भएको जिल्ला हो । त्यस्तै मुगु, डोल्पा तथा सोलुखुम्बुमात्र सक्रिय कोरोना भाइरस संक्रमितहरुको सुन्य संख्या भएको जिल्ला हो ।

कमेन्टहरु
Loading...