रोटरी क्लव अफ पोखरामा खड्का

पौष ९, पोखरा /रोटरी क्लव अफ पोखराको रोटरी वर्ष २०१४÷०१५ का लागि अध्यक्षमा रोटरीयन मोहनसिंह खड्का निर्वाचित हुनुभएको छ ।
प्रेसीडेन्ट नोमीनीमा ज्ञानेन्द्र प्रसाद सिग्देल, भाइस प्रेसीडेन्टमा भगत कुमार श्रेष्ठ, सचिवमा स्थानेश्वर ढुङ्गाना, कोषाध्यक्षमा राजु थकाली, सह–सचिवमा हुम आले रहनुभएको छ ।

यसैगरि निर्देशकहरुमा जगन गुरुङ, ऋषिराम सापकोटा, मानकाजी माकाजु, जगनाथ श्रेष्ठ, राकेशमान बुद्धाचार्य हुनुहुन्छ । क्लव चेयर पर्सनमा किरणलाल श्रेष्ठ, सुन्दर कुमार श्रेष्ठ, केशवराज ढकाल, उदिप कुमार श्रेष्ठ रहनुभएको छ ।

सजेन्ट एट आममा राजेन्द्र लिगल, क्लव टेनरमा बाबुराम बराल, सम्पादक तथा आइपीपी मिनु कुमार श्रेष्ठ र क्लव मेन्टरमा हिमालय देव सिग्देल मनोनित हुनुभएको छ । रोटरी क्लव पोखरामा पहिलोपटक सन् १९९७ मा स्थापना भएको हो । क्लवले गण्डकी र धवलागिरीका विभिन्न जिल्लाहरुमा स्वास्थ्य, शिक्षा र वातावरणको क्षेत्रमा कार्य गर्दै आएको छ । आगामी दिनमा पनि यस प्रकारको कार्यलाई निरन्तरता दिने क्लव अध्यक्ष रोटरीयन मोहन सिंह खड्काले जानकारी दिनुभयो ।

कमेन्टहरु
Loading...