सडक महोत्सव अन्तर्राष्ट्रिय स्तरको बनाउन खोजेका छौं अध्यक्ष – भट्टराई

–गोपीबहादुर भट्टराई, अध्यक्ष–रेबान पोखरा तथा एन्फा कास्की

पर्यटन र फुटबलको क्षेत्रमा गोपीबहादुर भट्टराईको नाम नयाँ होईन । पर्यटन र फुटबलको विकासमा लागिपर्ने उनी रेबान पोखरा र अखिल नेपाल फुटबल संघ कास्कीका अध्यक्ष हु । करिव डेड महिनाअघि तेश्रो सफल कप उनकै नेतृत्वमा सफलता पुर्वक सम्पन्न गरेका भट्टराई यतिबेला १५ औं नयाँ बर्ष सडक महोत्सवको तयारीमा जुटिरहेका छन् । पुस १३ गतेदेखि १७ गतेसम्म लेकसाईड एरियालाई पूर्ण रुपमा रमझममा पार्ने गरि रेवान खटिरहेको छ । पर्यटनको हिसाबले अफ सिजन मानिने जाडो महिनामा लेकसाईड नयाँ बर्ष र क्रिशमसको अबसरमा गरिने सडक महोत्सवले झकिझकाऊ र भब्य रुपमा बेहुली झैं सिँगारिन्छ । पर्यटन र खेल भनेपछि हुरुक्कै हुने भट्टराईले पोखरालाई खेलकुद पर्यटनको अन्तर्राष्टिय केन्द्र बनाउनुपर्नेमा जोड पनि दिए । उनीसंग सपनासंगै योजना पनि छ । सडक महोत्सव, समग्र पोखराको पर्यटन ब्यवसाय, आर्थीक गतिविधी तथा खेल पर्यटन लगायतका बिषयमा रेबान तथा एन्फा कास्कीका अध्यक्ष भट्टराईसंग सहकर्मी महेशकुमार खातीले गरेको संक्षिप्त कुराकानी गरेका छन् ।

gopi bhatariप्रश्न – १५ औं पोखरा स्टे«ट फेस्टिबल गर्दै हुनुहुन्छ तयारी कस्तो भैरहेको छ ?

गोपी– तयारी अन्तिम चरणमा पुगेको छ । आयोजक साथीहरु लागिरहेका छौं । लगभग ९० प्रतिशत काम भएको छ । साथीहरुले जिम्मा लिएको काम गरिरहेका छन् । राम्रोसंग गरेको मैले जानकारी पाएको छु

प्रश्न – बिगतमा भन्दा यसपाली नयाँपन के छ ? दर्शकले फरकपन के पाउँछन त ? हरेक बर्ष नयाँ भन्नुहुन्छ तर, खासै नयाँ नभएको भन्ने छ नि ?

गोपी– हरेक बर्ष नयाँ फेलेवर दिने प्रयास हाम्रो छ । यसमा लागि रहेका छौं । हाम्रो चुनौति यहि हो । पुस १३ गतेदेखि १७गर्दैछौं । कल्चरल प्रोगाम, म्युजिकल इभेन्ट र हाम्रै दाजुभाई दिदीबहिनीले बनाएका हस्तकला, बस्तुकला लोकल प्रोडक्टलाई प्राथमिकताका साथ प्रस्तुत गर्छौ । यसपटक बिदेशका एम्बेसीसंग समन्वय गरेर बिदेशी साँस्कृतिक कार्यक्रम ल्याउने सोँच गराईरहेका छौं । यसले थप सहयोग पुर्याउने अपेक्षा छ ।

प्रश्न – यस्ता मेला तथा महोत्सवले पोखरामा पर्यटक भित्र्याउन कस्तो भुमिका खेलेको पाउनु भएको छ ? बिगतमा तँपाईहरुले बाह्य पर्यटकलाई लक्षित
गरेपनि पछिल्लो समयमा त आन्तरिक बढि आउन थालेका छन नि है ?

गोपी– केहि हदसम्म सहि हो । मेन टार्गेट भनेको क्रिशमस र न्यू एयरलाई लक्षित गरि लामो समयदेखि हामिले मेला गर्दै आएका छौं । पोखरालाई हट एट भेनुको रुपमा डेभलप गर्ने सोँचका साथ अग्रजहरुले गर्दै आएका हुन् । यसलाई कन्टिन्युटि दिदैं आएका छौं । हामि केहि हदसम्म टार्गेटमा मिट हुदै गएका छौं । अझै होमवर्क गर्नुपर्ने छ । जाडोको समयमा यहाँ रोक्न सकिएमा सफल भैईन्छ । यसले आर्थीक रुपमा सहयोग पुग्छ । हाम्रै दाजुभाई दिदीबहिनीको उल्लेख्य सहभागिता हुदै गएको छ । अझै बढाउनुपर्ने आवश्यकता छ । अझै बिदेशी पाहुनालाई टार्गेट गर्नका लागि म्युजिकल, कल्चरल र फुडलाई बढाउदै लगेर अन्तर्राष्टिय स्तरको बनाउन सकेमा इन्टरनेशनल मार्केट पाउँछ भन्ने मलाई लाग्छ ।

प्रश्न – लेकसाईडबासीले त यहाँ बाहेकलार्ई पर्यटकीय क्षेत्र होईन भन्छन भन्ने आरोप छ नि ? पर्यटनको केन्द्र लेकसाईडको ३ किलोमिटर मात्र हो कि पोखराका अन्य क्षेत्र पनि ?

गोपी– पोखरा आफैमा महत्वपूर्ण हो । यसको बयान गरेर सकिन्न । यहाँ स्वदेशि तथा बिदेशी आउँछन् । लेकसाईड महत्वपूर्ण डेस्टिनेसन हो । हामिले गर्दै आएको मेलाले यहाँको मात्र नभएर पोखराको आर्थीक गतिविधी बढाएको छ । महोत्सवले आर्थीक उन्नती गरेको छ । बसुन्धरा पार्कबाट शुरु भएको अहिले साढे ३ किलोमिटरमा पुगेको छ । भोली अझै बढ्ला तर, बढाएर राम्रो हुने होईन । थोरै गर्ने तर राम्रो गर्नुपर्छ । लेकसाईड छिरेपछि महोत्सवमात्र नभएर अन्य पर्यटकीय गतिविधि हुन्छ । पोखरा वरीपरि प्याराग्लाईडि लगायत पञ्चासे, धम्पुस लगायतमा पनि पर्यटक बढाएको छ । रेबानले मात्र फाईदा नलिएर लेकसाईडको सबै क्षेत्रमा आर्थीक रुपमा राम्रो भएको छ । लेकसाईडमात्र नभएर पोखरालाई नै फाईदा भएको छ ।

प्रश्न – पर्यटकीय गतिविधि धेरै पनि लेकसाईडमा हुन्छ, पर्यटक पनि धेरै ओईरिन्छन, पैसा पनि धेरै यताकाले नै कमाउँछन तर, लेकसाईडबासीले फेवाताल लगायतका पर्यटकीय क्षेत्रको संरक्षण तथा विकासको लागि उल्लेखनिय काम
नगरेको भन्ने आरोप लाग्छ नि के हो ?

गोपी– जसले इन्भेष्ट गर्छ फाईदा लिन्छ । हाई रिक्स हाई गेन भनेजस्तो हो । लेकसाईडका धेरै साथीको धेरै चुनौति छ । हिजो द्धन्द्धमा पनि लागेको हो । अहिले अलि राम्रो भएको छ । तर, चुनौति पनि धेरै छ । फाईदामात्र छैन् । समस्या पनि छन् । पर्यटकीइ केन्द्र बनाउन लागिरहेका छौं । बाहिर देखिएजस्तो छ्रैन् । अर्को कुरा सामाजिक दायित्व हुन्छ । हामि बाहिर छैनौं ।अघि छौं । फेवाताल छाडेर हामि अघि बढ्न सक्दैनौं । अरु काम गर्न सक्दैनौं । फेवाताल संरक्षणको लागि हामि लागिरहेका छौं । प्रमुख एजेण्डा छ फेवाताल सुन्दर बनाउन । कसैले पीपी मोडलमा प्लान ल्याउँछ भने हामि अघि आउने छौं । यहाँको विकासका लागि लागि रहेका छौं । एयरपोर्ट निर्माामा दबाव, सिसि क्यामेरा जडान, सोलार लगायतमा लागिरहेका छौं । मजदुरको सुरक्षा र कोषमा हामि अघि छौं । हामिले बेवास्ता गरेका छैनौं ।

प्रश्न – पोखराको पर्यटन ब्यवसाय कसरी अघि बढेको छ बताईदिनुहोस् न ?

गोपी– पोखरा संसारमा सुन्दर नेचुरल ब्युटि हो । राम्रो सिगारिएको सुन्दर ठाउँ हो । यसलाई संरक्षण गरि अघि बढेमा भोली यसको धेरै राम्रो सम्भावना छ । भोलीको भविष्य राम्रो छ । यो प्रमुख गन्तब्य बन्न सक्छ । पोखरालाई एयर एक्सेस र रोड राम्रो बन्यो भने झनै राम्रो हुन्छ । काठमाण्डौं बाहिर पोखरामा एयरपोर्ट बन्नुपर्छ । पोखरा वरीपरिको पश्चिमाञ्चल क्षेत्र नै पर्यटकीय केन्द्र हो । भोली यस क्षेत्रले धेरै बेनीफिट लिन सक्छ । काठमाण्डौं, लुम्बिनि, चितवन पोखरासम्म जोड्न राम्रो रोड बन्नु पर्छ बर्षेनी धेरै पर्यटक भित्रिने छन् ।इकोटुरिजमको विकास हुन सक्छ । राउण्ड अन्नपूर्णको गेट पोखरा हो । यहाँ होमस्टे देखि लिएर धेरै पर्यटकीय सम्भावना छ । पछिल्लो समयमा पर्यटनको गतिविधि बढ्दै गएको छ । द्धन्द्धपछि पर्यटनमा राम्रो भएको छ । लगानि बढ्दै गएको छ । राज्य सञ्चालन गर्दै आएका नीति निर्माताले पोखराको विकासको लागि ध्यान दिएमा राज्यलाई नै ठुलो फाईदा यस क्षेत्रले दिने छ । आर्थीक रुपले देशले फड्को मार्ने छ ।

Street Festival sadakप्रश्न – पोखरामा धेरै भन्दा धेरै पर्यटक भित्र्याउन, पोखरा वरपर पनि पर्यटकीय गतिविधि बढाउनको लागि कस्ले के भुमिका खेल्नु पर्ला, के के आवश्यकता छ त ?

गोपी– सबैभन्दा पहिला पर्यटनमा लागेकाहरु ईमान्दार बन्नुपर्छ । नेपालमा पर्यटक आउनु भनेको यहाँ घुम्न ढुल्न हो । हामिले राम्रो आतिथ्यता दिनुपर्छ । नेपाल सुन्दर र राम्रा छ भनेर प्रचार गरिनुपर्छ । हामिले कल्चरलाई बढि प्राथमिकता दिनुपर्छ । टुरिजम बोर्डले अझै राम्रोसंग देशबिदेशमा प्रचारप्रसार गर्नुपर्छ । पर्यटकलाई सुविधासम्पन्न एयरपोर्टबाट ल्याउन सकियो भने आर्कषित हुन्छन । टान्सपोर्ट राम्रो दिन सकियो भने अनि यहाँ बानी ब्यहोरा राम्रो तथा सरसफाई लगायतमा ध्यान दिनुपर्छ । पर्यटकलाई यहाँ आनन्द फिल हुने, केहि टेन्सन नहुने वातावरण सरकारी तथा पर्यटन सबै क्षेत्रबाट हुनुपर्छ । बन्द, हड्ताल तथा आन्दोलन लगायत भएन भने शान्त भयो भने बल्ल पर्यटक बढ्ने छ्रन् । यसका लागि सबै पक्षले बढि ध्यान दिनु आवश्यक छ ।

प्रश्न – पोखरालाई पर्यटकीय हबबनाउनको लागि र भबिष्यको लागि पनि अब उता गोरखा, तनहुँ, स्याङ्गजा, यता, पर्वत, बागलुङ, म्याग्दी सम्ममा पर्यटकीय पुर्वाधार बनाउन आवश्यक छ भनिन्छ तर, किन आवश्यक पहल हुन नसकेको हो ?

गोपी– हामिले भेला तथा सेमिनारमामात्र कुरा र भाषण गर्छौ । अघिपछि ध्यान दिदैनौं । केन्द्रमा बसेका नीति निर्माताको दिमागमा फेरी काठमाण्डौं बाहिर नेपाल छैन् पर्यटन छैन भन्ने छ । नयाँ नयाँ ठाउँमा डेस्टिनेसन बन्नुपर्छ भन्ने ध्यान निती निर्माताले पनि ध्यान दिनुपर्छ । सबै क्षेत्र नेपाल हो । विकास हुनुपर्छ भन्ने मान्यता विकास गर्नुआवश्यकता छ सबैले । पोखरालाई केन्द्र मानि हामि एककिृत तवरले अघि बढेमा पश्चिमाञ्चल विकास क्षेत्रको विकासको लागि सबै लाग्नुपर्ने आवश्यकता छ । पर्यटन प्रबन्धन गर्नुपर्ने आवश्यकता छ । विकास सम्भव छ ।

प्रश्न – तँपाई पर्यटन ब्यवसायमा पनि हुनुहुन्छ अनि खेल क्षेत्रमा पनि सक्रिय हुुनुहुन्छ, अहिले रेबान र एन्फा कास्कीको अध्यक्ष हुनुहुन्छ समय कसरी व्यवस्थापन गर्नुभएको छ दुबै तिर ?

गोपी– पोखरा स्पोटर्स टुरिजम महत्वपूर्ण हो । यसलाई विकास गर्न सकेमा धेरै ठुलो क्रान्ति हुन सक्छ । उदाहरणको लागि ब्राजिलमा वल्र्डकप हुदैछ । त्यसले दशौ बर्षसम्म आर्थीक रुपमा देशको जिडिपी बढाउँछ । हरेक बिजनेस माथी छ । हामिले पोखरामा भोली फुटबल वा क्रिकेट अन्तर्राष्टिय स्तरको ईभेन्ट गर्न सकेमा पोखरालाई धेरै माथी लान सक्छ । यसले पोखराको मात्र नभएर देशै आर्थीक उन्नती बढाउने छ । स्पोर्टस प्यासन हो । खेल र टुरिजमलाई संगै लानुपर्छ भनेर लागिरहेको छु । दुबैले पोखरालाई फाईदा बनाएको । भोली अन्तर्राष्टिय इभेन्ट प्लेस पोखरा बन्न सक्छ । अर्को कुरा समयको कुरा छ । मन ठुलो कुरा हो । म सन्तुष्टि छु । समय मिलाएर लागिरहेको छु । अहिलेसम्म त्यस्तो समस्या छैन् । सक्दासम्म गरिरहन्छु । मेरो सामाजिक उत्तरदायित्व पनि हो । गाह्रो भएपनि मिलाई रहेको छु ।

प्रश्न – पोखराको पर्यटन र खेलकुदको विकासको लागि तँपाईको आगामि योजना के छ भनिदिनु न ?

गोपी– पोखरा रंगशालामा २०४२ सालदेखि ठुला योजना बनेका छ्रैन् । परिवर्तन केहि छैन् । काम गर्नको लागि योजना बनाएर राज्यलाई काम गर्न दवाब दिने हो । नयाँ मास्टर प्लान सहित राज्यलाई गर्न भन्ने हो । रंगशालालामा ठुलाठुला गेम हुन भन्ने छ । टुरिजममा अहिले राम्रै छ । टुरिजमको लागि राम्रो र ब्यवस्थित टुरिष्ट बसपार्क, राम्रो इन्फरमेसन सेन्टर, हेल्प डेस्क, रेस्कु छिटो छरितो होस् भन्ने छ । यसमा परिवर्तन हुनुपर्छ । पोखरा स्पोर्टस टुरिजमको लागि राम्रो स्कोप छ । यसमा राज्य र नीजि क्षेत्र लाग्नु पर्छ ।
प्रस्तुति ः महेशकुमार खाती

कमेन्टहरु
Loading...