निर्वाचन खर्च बिबरण बुझाउनेमा जित्ने भन्दा हार्ने अगाडि

एमाओबादीका पराजित उमेदवारको खर्च सबैभन्दा बढी, निर्धारित समय भोलि सकिने
गोकुल बानियाँ
पोखरा ८ पुष । दोस्रो संबिधानसभा निर्बाचनमा कास्कीका उमेदवारले गरेको खर्च बिबरण बुझाउनेमा जित्ने भन्दा हार्ने अघि देखिएका छन् । चार निर्बाचन क्षेत्रबाट प्रत्यक्ष र स्वतन्त्र गरी ७७ उमेदवार चुनाबी मैदानमा रहेकोमा धेरैले खर्च बिबरण बुझाएका छैनन् । निर्बाचन सम्पन्न भएको ३५ दिन भित्र निर्बाचन आयोगमा चुनाबी खर्च बिबरण बुझाउनु पर्ने ब्यबस्था छ । निर्बाचन खर्च बिबरण बुझाउने निर्धारित समय एक दिन मात्र रहदा कास्कीको चारवटै निर्बाचन क्षेत्रबाट निर्बाचित सभासद्हरुले खर्च बिबरण बुझाएका छैनन् ।
गत मंसिर ४ गते सम्पन्न दोस्रो संबिधानसभा निर्बाचनको अन्तिम परिणाम कास्कीमा मंसिर ७ गते आएको थियो । निर्बाचन कार्यालयका अनुसार भोलि पुष ९ गते भित्र निर्बाचन खर्च बिबरण पेश नगर्ने उमेदवारलाई पत्र काटिनेछ । चार मध्य दुई ÷दुई क्षेत्र बाढेको कांग्रेस एमालेका बिजयी उमेदवारले भोलिसम्म चुनाबमा आफुले गरेको खर्च बिबरण आयोग समक्ष बुझाउनुपर्नेछ ।  आयोगमा अहिलेसम्म बुझाईएको खर्च बिबरण अनुसार कुनैपनि क्षेत्रमा जित हात पार्न नसकेको एकिकृत माओबादीका पराजित उमेदवारले सबैभन्दा बढी खर्च गरेका छन् ।

तर उनिहरुको खर्च आयोगले तोके अनुसारकै मापदण्ड भित्र छ । एमाओबादीका तर्फबाट निर्बाचन क्षेत्रनम्बर २ का उमेदवार बखानसिंह तमुले सबैभन्दा बढी खर्च गरेका छन् भने क्षेत्रनम्बर ४ का गुप्त बहादुर हमाल बढी खर्च गर्ने मध्य दोस्रो स्थानमा देखिएका छन् । त्यसपछि कांग्रेसका महादेब गुरुङ र एमालेका कृष्ण थापा छन् । कास्कीको निर्बाचन क्षेत्रनम्बर १ बाट निर्बाचित कांग्रेसका यज्ञ बहादुर थापा, २ बाट निर्बाचन शारदा पौडेल, क्षेत्रनम्बर ३ बाट बिजयी एमाले नेता रबिन्द्र अधिकारी र क्षेत्रनम्बर ४ बाट जित हात पारेकी एमाले नेतृ सिता गिरीले निर्बाचनमा भएको खर्चको बिबरण बुझाएका छैनन् ।

उनिहरुका प्रतिद्धन्दी उमेदवारले भने आयोगले तोकेको मापदण्ड भित्र रहि खर्च बिबरण पेश गरेका छन् । निर्बाचन आयोगले प्रत्यक्ष तर्फका उमेदवारले चुनाबी खर्च १० लाख भन्दा बढी गर्न नपाउने जनाएकाले अहिलेसम्म खर्च बिबरण बुझाएकाले सोहि अनुपातमा खर्च गरेको बिबरण पेश गरेका छन् । कास्की क्षेत्रनम्बर १ मा पराजित एमाले तर्फका उमेदवार मान बहादुर जिसीले ९ लाख ३७ हजार ३ सय ५० रुपैया खर्च गरेको बिबरण बुझाएका छन् । सोहि क्षेत्रबाट हार ब्यहोरेका एमाओबादीका बिष्णु पौडेलले ९ लाख ७५ हजार एक सय ५० रुपैया खर्च भएको जनाएका छन् । निर्बाचन कार्यालय कास्कीका लेखा अधिकृत नवराज श्रेष्ठका अनुसार कास्की क्षेत्रनम्बर २ मा पराजित एमालेका उमेदवार कृष्ण थापाले ९ लाख ८० हजार ९ सय ५० रुपैया खर्च भएको बिबरण बुझाएका छन् भने एकिकृत माओबादीको तर्फबाट सोहि क्षेत्रमा पराजित बखानसिंह तमुले ९ लाख ९० हजार ८ सय ९ रुपैया खर्च गरेका छन् ।

कास्की निर्बाचन क्षेत्रनम्बर ३ मा एमाले नेता रबिन्द्र अधिकारीसंग पराजित भएका कांग्रेसका सोभियत बहादुर अधिकारी र एमाओबादीका रामजी बरालले पनि खर्च बिबरण बुझाईसकेका छन् । अधिकारीले ९ लाख २८ हजार ५ सय रुपैया खर्च गरेको र बरालले ७ लाख ८ हजार ३ सय ४० रुपैया खर्च गरेको जनाएका छन् । निर्बाचन क्षेत्रनम्बर ४ का कांग्रेसबाट पराजित उमेदवार महादेब गुरुङले ९ लाख ८२ हजार ५ सय र एकिकृत माओबादीका गुप्त बहादुर हमालले ९ लाख ८८ हजार एक सय खर्च गरेको आयोग समक्ष जानकारी गराएका छन् ।

कमेन्टहरु
Loading...