पोखरा । पोखरामा थप २४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले दिएको पछिल्लो अध्यावधिक जानकारी अनुसार लाइफ केयर डायग्नोस्टिक प्रालि पोखरामा गरिएको परीक्षणका क्रममा पोखरामा थप २४ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
पोखरा महानगरपालिका वडा नम्बर २ मा ६२ वर्षीय १ जना महिला, ४ मा ५२ वर्षीय १ जना पुरुष तथा ६ मा ८८ वर्षीय १ जना महिलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
७ नम्बर वडामा २ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडामा ४५ वर्षीय १ जना महिला तथा ५८ वर्षीय १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
पोखरा ८ मा ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा ४० वर्षीय १ जना महिला तथा ५६ र ८१ वर्षीय २ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।
वडा नम्बर १० मा ५१ वर्षीय १ जना महिला, ११ मा ५४ वर्षीय १ जना पुरुष तथा १३ का २७ वर्षीय १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पोखरा महानगरपालिका वडा नम्बर १४ मा ५ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा २० वर्षीय १ जना महिला सहित २३, ३०, ६१ र ६५ वर्षीय ४ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।
१७ नम्बर वडामा २५ वर्षीय १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पोखरा १९ मा २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा ३५ वर्षीय १ जना महिला तथा ६४ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।
वडा नम्बर २५ मा २ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडामा ३८ र ५२ वर्षीय २ जना पुरुषलाई कोरोना संक्रमण पुष्टि भएको हो ।
पोखरा महानगरपालिका वडा नम्बर २७ मा ३३ वर्षीय १ जना पुरुष, २९ मा १९ वर्षीय १ जना किशोरी तथा ३० मा ४५ वर्षीय १ जना महिलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या १४ हजार ७ सय ८५ पुगेको छ ।