एजेन्सी । बेलायतमा फेरी लकडाउन घोषणा भएको छ । कोरोना भाइरस संक्रमणको दर बढ्दै गएपछि त्यहाँका प्रधानमन्त्री बोरिस जोन्सनले देशैभरी लकडाउने गर्ने घोषणा गरेका हुन् ।
त्यहाँ फेब्रुअरीको मध्यसम्म लकडाउन जारी रहने अनुमान गरिएको छ । प्रधानमन्त्री जोन्सनले लकडाउन घोषणा गरेसंगै अब मानिसहरु घरबाट बाहिर निस्कन पाउने छैनन् । त्यहाँका नागरिकलाई प्रधानमन्त्री जोन्सनले घरभित्र रहन अपील गरेका छन् ।
प्रधानमन्त्री जोन्सनले अहिलेको अवस्थामा कोरोना भाइरसको संक्रमण दर बढिरहेको र यसविरुद्ध धेरै मेहनत गर्नुपर्ने भन्दै अत्यावश्यक काम बाहेक घरबाट बाहिर ननिस्कन आफ्ना नागरिकहरुलाई आग्रह गरेका छन् ।