नेकपाको प्रचण्ड–नेपाल समुहले गण्डकी प्रदेशका पृथ्वीसुब्बा गुरुङ तथा लुम्बिनी प्रदेशका पोखरेललाई हटायो

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री तथा नेकपाका प्रदेश इन्चार्ज पृथ्वीसुब्बा गुरुङ सहित लुम्बिनी प्रदेशका इन्चार्ज शंकर पोखरेललाई नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–नेपाल समुहले प्रदेश इन्चार्ज जिम्मेवारीबाट हटाएको छ ।

नेकपा प्रचण्ड–नेपाल समुहका प्रवक्ता नारायणकाजी श्रेष्ठले आज पेरिसडाँडामा बसेको समुहको बैठकले गुरुङ तथा पोखरेल दुवै जनालाई प्रदेश इन्चार्जबाट हटाएको जानकारी दिएका हुन् ।

बैठकले गण्डकी प्रदेशमा देवेन्द्र पौडेल तथा लुम्बिनी प्रदेशमा युवराज ज्ञवालीलाई इन्चार्जको जिम्मेवारी समेत दिएको छ । अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको बैठकमा विभिन्न नेताहरुको जिम्मेवारी टुंग्याउनका लागि नेपालकै संयोजकत्वमा कार्यदल समेत गठन गरेको छ ।

प्रदेश १ सहित बाग्मती प्रदेश, कर्णाली प्रदेश तथा सुदुरपश्चिम प्रदेशमा प्रचण्ड–नेपाल पक्षकै नेताहरु पार्टी इन्चार्ज रहेका छन् । नेकपाको ओली समुहले समेत प्रचण्ड–नेपाल समुहका इन्चार्जहरुलाई यस अगाडि नै हटाएर नयाँ जिम्मेवारी प्रदान गरिसकेको छ ।

कमेन्टहरु
Loading...