पोखरामा देशभक्त मोर्चाद्वारा प्रतिनिधिसभा विघटनविरुद्ध शहिदचोकमा धर्ना

गन्थन डेस्क

गत ५ गते प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा संयुक्त देशभक्त मोर्चा नेपालले पोखराको शहिदचोकमा शान्तिपूर्ण धर्ना गरेको छ ।

देशमा विषम परिस्थितिकाबेला घटनाक्रमबारे आम नागरिकलाई जागरुक र सूचित गराउने उद्देश्यले शान्तिपूर्ण धर्ना आयोजना गरेको मोर्चाका संयोजक वरिष्ठ अधिवक्त तिलक पराजुलीले जानकारी दिए ।

मुलुकविरुद्ध हुने विभिन्न सन्धी, सम्झौताबारे जानकारी गराउन प्रतीकात्मक आन्दोलन गर्दै आएको बताउँदै मोर्चाका प्रवक्ता रामबहादुर पौडेलले बिहान १० देखि ११ बजेसम्म धर्ना आयोजना गरेको जनाए ।

धर्नामा सहभागीले ‘प्रतिनिधि विघटन गर्नु राष्ट्रघात हो’, ‘विदेशीहरुको चलखेल हामीलाई स्वीकार्य छैन’, संविधान विरोधी गतिविधि बन्द गर’ लेखिएका प्लेकार्ड बोकेका थिए ।

कमेन्टहरु
Loading...