भगिनि सम्बन्ध कायम गर्न १० जनाको टोली तिव्वत प्रस्थान

पोखरा, ७ पुस/पोखराको भगिनि सम्बन्ध कायम गर्न पोखरा उपमहानगरपालीकाको एक टोली आईतबार चिनको तिव्वत प्रस्थान गरेको छ । पोखरा उपमहानगरपालिका कार्यालयका कार्यकारी अधिकृत झलकराम अधिकारी को नेतृत्वमा १० सदस्यीय एक टोली तिव्वत प्रस्थान गरेको हो । पोखरा तथा लिन्जी तिव्वतको विचमा भगिनी सम्वन्ध कायम गर्न लिन्जी सहरका मेयरको निमन्त्रणमा टोली तिव्वत प्रस्थान गरेको हो । उक्त सम्बन्धले दुई देशको सम्बन्ध प्रगाड हुदै जनस्तरबाट सहयोग आदनप्रदान हुने अपेक्षा गरीएको छ ।अधिकारीले नेपाल र तिव्वतको बीचमा भगिनि सम्वन्ध प्रगाढ हुने विश्वास व्यक्त गर्नुभयो । टोलीले डिसेम्बर २४ तारिख अर्थात मंगलबार आधीकारीक भगिनी सम्बन्धको हस्ताक्षर गर्ने बताईएको छ । पोखराको भगिनी सम्बन्ध जापानको कोमागानी, चीनको कुनमिङसँग यस अघि भइसकेको छ भने यो सम्बन्ध तेश्रो हो ।

तिव्वत प्रस्थान गर्ने अन्य सदस्यहरुमा नेपाल युवा उद्यमी मञ्चका प्रकाश पालिखे, सरोज श्रेष्ठ, पर्यटन व्यावसायी मदन केसी, पोखरा उद्योग बाणिज्य संघका सदस्य राम बस्याल, समाजसेवि बोधराज कार्की लगायतका रहेका छन ।

कमेन्टहरु
Loading...