जल तथा मौसम पूर्वानुमान महाशाखाले तीन दिनको मौसम पूर्वानुमान जारी गर्दै आज देशभर सामान्य बदली रहने जनाएको छ । भने केही स्थानमा वर्षा तथा उच्च पहाडी र हिमाली भूभागमा हिमपात हुने पूर्वानुमान गरिएको छ ।
दिउँसो देशभर सामान्य बदली रही सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी, बागमती प्रदेश र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ।
देशका उच्च पहाडी र हिमाली भूभागका केही स्थानहरुमा हल्कादेखि मध्यम हिमपात र पहाडी भूभागका थोरै स्थानहरुमा हल्का वर्षा हुने सम्भावना रहेकोले पर्वतारोहण तथा यात्रा गर्दा सावधानी अपनाउन अनुरोध गरिएको छ।