पोखरा । पोखरामा थप १५ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले उपलब्ध गराएको अध्यावधिक जानकारी अनुसार लाइफ केयर डायग्नोस्टि प्रालि पोखरामा गरिएको परीक्षणका क्रममा पोखरामा थप १५ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
पोखरा महानगरपालिका वडा नम्बर ५ मा २ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा ३० वर्षीय १ जना महिला तथा ३४ वर्षीय १ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।
६ नम्बर वडामा २ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडामा ८१ वर्षीय १ जना वृद्धा तथा २८ वर्षीय १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
पोखरा ८ मा ५२ वर्षीय १ जना महिलालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
वडा नम्बर १० मा २ जनालाई कोरोना भाइरस संक्तमण पुष्टि भएको छ । सो वडामा ३७ र ४५ वर्षीय २ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो ।
पोखरा महानगरपालिका वडा नम्बर १२ मा १ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सो वडामा १८ वर्षीय १ जना किशोरीलाई संक्रमण पुष्टि भएको हो ।
१४ नम्बर वडामा ३ जनालाई संक्रमण पुष्टि भएको छ । सो वडामा ५१, ५३ र ८५ वर्षीय ३ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
पोखरा १६ मा २ जनालाई संक्रमण पुष्टि भएको छ । संक्रमितहरु १७ वर्षीय २ जना किशोरी रहेका छन् ।
त्यस्तै वडा नम्बर १७ मा ४० वर्षीय १ जना तथा ३२ मा ३२ वर्षीय १ जना पुरुषलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमितको कुल संख्या १४ हजार ६ सय ८५ पुगेको छ ।
यता पोखरामा थप १ जनाको कोरोना भाइरस संक्रमणबाट निधन भएको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नम्बर ७ की ८२ वर्षीय संक्रमित महिलाको उपचारका क्रमम शनिबार पौने ८ बजेको समयमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ज्यान गएको हो ।
उनलाई पुस १३ गते कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो ।
यससंगै गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको कुल संख्या १ सय ९३ पुगेको छ ।