राष्ट्रपति भण्डारीको चरित्र हत्या गर्नेलाई कारवाही हुने

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीको चरित्र हत्या गर्नेहरुलाई अबबाट कारवाही हुने भएको छ । भण्डारीमाथि सामाजिक सञ्जालहरुमा आइरहेको अमर्यादित अभिव्यक्ति तथा चरित्र हत्या गर्नेहरुलाई कारवाही हुने भएको हो ।

अखिल नेपाल महिला संघ (अनेम संघ) ले आज भण्डारीमाथि अमर्यादित अभिव्यक्ति दिइएको तथा सामाजिक सञ्जालमा चरित्र हत्या भएको भन्दै गृहमन्त्री रामबहादुर थापा बादललाई ज्ञापनपत्र बुझाएको थियो ।

अनेम संघको ज्ञापनपत्र बुझ्दै गृहमन्त्री बादलले अमर्यादित व्यवहार देखाउने तथा भण्डारीको चरित्र हत्या गर्नेलाई कारवाही गर्ने बताएका छन् । गृहमन्त्री बादलले अहिले सडकमा भइरहेको आन्दोलनमा समेत भण्डारीमाथि चरित्र हत्या गर्ने काम भएको र त्यसको अनुसन्धान गरेर कारवाहीका लागि छानविन अगाडि बढेको जानकारी दिएका छन् ।

कमेन्टहरु
Loading...