पोखरा हस्तकला संघमा खड्का

पोखरा । कास्की पोखरा हस्तकला संघका अध्यक्षमा महिला उद्यमी रामकली खड्का सर्वसम्मत चयन भएकी छिन् । संघको १० औं साधारणसभा तथा तेस्रो अधिवेशनबाट उनको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो ।

संघको उपाध्यक्षमा सीता गुरुङ सचिवमा बुद्धि पुर्जा र कोषाध्यक्षमा गोमा ढकाल चयन भएकी हुन् ।

त्यसैगरी सदस्यमा मीन राना मगर, रजनी कोइराला, पम्फा थापा, देवकी बराल र मीरा पौडेल चयन भएकी छिन् । सल्लाहकारमा मिलन शेरचन र कृष्णगोपाल प्रधान चयन गरिएको छ ।

नवनिर्वाचित अध्यक्ष खड्काले हस्तकलाको बजार विस्तारका लागि विभिन्न सरोकारवाला निकायसँग समन्वय गरेर अघि बढ्ने बताइन् ।

अधिकांश महिलालाई रोजगार दिन सफल यस क्षेत्रलाई राज्यले विशेष प्राथमिकता दिएर प्रबद्र्धनमा सघाउन आवश्यक रहेको उनको भनाइ थियो । कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष दीपक श्रेष्ठले नेपाली हस्तकलाको सामग्रीको बजार व्यवस्थापन गरेर जान सके यसबाट आर्थिक समृद्धि हासिल गर्न सकिने बताए ।

उनले भनिन्, ‘नेपाली हस्तकलाको माग बढ्दो छ तर यसको उचित बजार व्यवस्थापन हुनसकेको छैन ।’ संघका संस्थापक अध्यक्ष हीरा भट्टराईले दशकअघि कास्कीमा छरिएर रहेका हस्तकला उद्यमीलाई एकीकृत गराएर संस्थाको स्थापना गरेको बताएकी छिन् । रासस

कमेन्टहरु
Loading...