दशौं महोत्सवको दशौं दिन तीन करोडको कारोबार, ७० हजार दर्शकले अवलोकन गरे

पौष ०६÷लेखनाथ/दशौं लेखनाथ महोत्सव समापन उन्मुख हुँदा आज दशौं दिनमा दर्शकहरुको उल्लेख्य सहभागिता रह्यो । महोत्सव समापन हुन दुई दिन बाँकी रहँदा दर्शकहरुको घुईचो लागेको हो । आज मात्रै ७० हजार दर्शकले महोत्सवको अवलोकन गरेका छन् । यस्तै तीन करोड रपैया भन्दा वढीको आर्थिक कारोबार भएको प्रचार प्रसार उपसमितिका संयोजक भरतकुमार अधिकारीले जानकारी दिए ।
महोत्सवको दशौं दिन समापन नजिक पुगेकाले र विदा समेत भएकाले हजारौ दर्शकहरुको भिड देखिएको हो । दर्शकहरुको भिड थामिनसक्नु भएपछि आयोजकले बैकल्पीक मार्गबाट बाहिर निस्कने व्यवस्था मिलाउनु परेको थियो ।महोत्सवमा रेष्टुरेण्ट, फुडवेभरेज, गार्मेन्ट, फेन्सी, हेन्डीक्राफ्ट, प्लाष्टीकका भाँडा र कृषिजन्य उत्पादनका स्टलहरुमा वढी कारोबार भएको छ ।

ग्रामिण क्षेत्रका बासिन्दाले बार्षिक रुपमा चाहिने लत्ताकपडा र विभिन्न सामाग्रीहरु समेत खरिद योजना वनाएर महोत्सवमा आएकाले पनि कारोबार बढी भएको मुल आयोजक समितिका संयोजक बावुराम गिरीले जानकारी दिए । गिरीले लेखनाथ र आसपासका गाविसका बासिन्दाले महोत्सवका लागि बार्षिक कार्ययोजना नै बनाउने गरेको उल्लेख गर्दै, सफलताका लागि उनिहरुको ठुलो हात रहेका उलख गरे ।

महोत्सवमा लेखनाथ नगर नगरपालिका, पोखरा उपमहानगरपालिका र भरतपोखरी, देउराली, हंसपुर, थुम्की, सिद्ध, कालिका, माझठाना, मिजुरे लगायतका गाविसबाट अवलोकनका लागि आएका थिए । यस्तै तनहुँको थप्रेक, दुलेगौडा छाङ, भिमाद र दमौली देखी समेत हजारौं दर्शकहरु महोत्सवमा आएका थिए ।

महोत्सवमा स्टलराखेका कारोबार वाहेक सयौं सवारीका साधनले समेत राम्रो आम्दानी गरेका छन् । स्थानीय श्रृङ्गा यातायात, वेगनासताल र पृथ्वीराजमार्ग बस संचालक समिति अन्र्तगतका सवारीका साधनले विभिन्न स्थानबाट महोत्सव स्थलसम्म यातायातको सुविधा दिएकाले पनि दर्शकहरुको चाप बढेको हो । महोत्सवमा आउने दर्शकले ति सवारीका साधन समेत खचाखच भएका थिए ।

भण्डारढिकमा महोत्सवको आयोजना भए पनि त्यसको असर नगरका अन्य पर्यटकीय क्षेत्रहरुमा समेत परेको छ । वेगनासतालमा माछाको स्वाद तथा डुङ्गामा वोटिङ गर्नेहरुको संख्या समेत उल्लेख्य रहेको छ । दर्शकहरुको मनोरन्जनका लागि विभिन्न विधामा कलाकारहरु आयोजकले स्टेजमा उतारेपछि महोत्सव थप आकर्षक बनेको थियो । शनिबार गायक रामजी खाँण, पुरुषोत्तम न्यौपाने लगायतका चर्चित गायकहरुले स्टेज तताउँदै दर्शकलाई मनोरञ्जन दिलाएका थिए ।

यस्तै महोत्सवको अर्को आकर्षण विद्यालयस्तरिय लोक नृत्य तारापुञ्जको उपाधि गुरुकुल विद्याश्रमले जितेको छ । यस्तै नेपाल आदर्श आवासिय उच्च मा.वि दोश्रो, कञ्चनजंगा इङ्गलिस वोर्डिङ स्कुल तृतिय भएको छ भने सिद्धिविनायक वोर्डिङ स्कुलले सान्तवना भएको छ । यसैगरी छात्र नृत्यतर्फ कास्की मोडनाईज्डका सोवित गुरुङ र छात्रा तर्फ नेपाल आदर्शका सोफिया गुरुङ उत्कृष्ट भएका छन् । उत्कृष्ट भेषभूषामा भने गुरुकुल विद्याश्रम उत्कृष्ट भएको लोक नृत्य तारापुञ्ज प्रतियोगिता उपसमितिका संयोजक ऋषिराम जमरकट्टेलले जानकारी दिए ।

गायन प्रतियोगिता गण्डकी तारा अन्र्तगत ६ जनाले प्रतिस्पर्धा गरिरहेका छन् । सुजित परियार, आयुष परियार, कल्पना मगराती, ओम गुरुङ्ग, सुरज थापा र विक्रम थापाले आफ्नो गायन प्रस्तुत गरेका छन् । उनिहरु मध्ये आइबार निर्णायक र दर्शकको मतका आधारमा तीन जना छानिने छन् । महोत्सवमा आइतबार लोक दोहोरी गायक रामजी खाँण र पुरुषोत्तम न्यौपाने, हाँस्यकलाकार तर्फ तितो सत्य हाँस्य टेलिसिरियलका कलाकार दिपक राज गिरी र दिपा श्री निरौलाको प्रस्तुती रहने छ ।

कमेन्टहरु
Loading...